चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । प्रहरीले प्रकाशसहित १५ विद्यार्थीलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरेको हो ।
चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोध गर्दै आन्दोलनमा उत्रिने क्रममा प्रहरीसँग झडपमा उत्रिएका उनीहरुलाई चितवन मेडिकल कलेज परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।
केहि समयअघि प्रकाश चन्द नेतृत्वको चिकित्सा शिक्षा संघर्ष समितिले वर्तमान स्वास्थ्य क्षेत्रका विकृति, विसंगतिविरूद्ध संघर्षको कार्यक्रम घोषणा गर्ने बताउँदै आएको थियो ।
सिएमसिमा अध्ययनरत एमबिबिएस, बिडिएस, बिएमएलटी र नर्सिङ सङ्कायमा अध्ययन गर्ने विद्यार्थीहरूले एक जनाबाट १२ लाख भन्दा बढी शुल्क लिएको बताउँदै आएका छन् ।
आईओएमले उपत्यकामा ४२ लाख र उपत्यका बाहिर साढे ४४ लाख शुल्क लिनु पार्ने प्रावधान गरे पनि अधिकांश मेडिकल कलेजहरूले बढी शुल्क असुल गर्ने गरेका छन् । यसकोविरूद्ध विद्यार्थीहरूले पटकपटक आवाज उठाई रहेपनि कलेजहरूले नसुन्ने गरेको विद्यार्थीहरुको गुनासो छ ।
विद्यार्थीमाथी लाठी चार्ज
चितवन मेडिकल कलेजमा आन्दोलित विद्यार्थीहरुमाथि जिल्ला प्रशासन कार्यालय चितवनले बल प्रयोग गरेको छ । अतिरिक्त शुल्क असुलेको विरोधमा बनेको चिकित्सा शिक्षा संघ्रष समितिले विगत केहिसाता देखि लगातार आन्दोलन गर्दै आइरहेको छ ।
पछिल्लो दिनमा विद्यार्थीहरूले आन्दोलनलाई कडा बनाउन थालेपछि प्रहरीले विद्यार्थीमाथि लाठी चार्ज गरेको हो । बुधवार बिहान मेडिकल अगाडी पुगेका विद्यार्थीमाथि प्रहरी तथा सशस्त्र प्रहरी बलले विद्यार्थीमाथि लाटी चार्ज गरेको हो ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष