काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा झण्डै तीन लाख स्थायी लेखा नम्बर (प्यान) जारी भएका छन् । सरकारले चालु आवबाट नेपालमा व्यवसाय/रोजगारी गर्ने सबै व्यक्तिले अनिवार्य प्यान नम्बर लिनुपर्ने प्रावधान ल्याएको थियो ।
साउन महिनामा मात्र २ लाख ५४ हजार ४ सय ९ जनाले व्यक्तिगत प्यान नम्बर लिएको अर्थ मन्त्रालयले जनाएको छ । यस महिनामा ३६ हजार कम्पनी तथा व्यक्तिले व्यवसायिक स्थायी लेखा नम्बर लिएका छन् । यस अनुसार साउनमा कूल २ लाख ९० हजार ९ सय १४ प्यान नम्बर जारी भएको तथ्यांक रहेको छ ।
आर्थिक वर्ष २०७६र७७ को बजेट वक्तब्यमा सरकारले ‘एक व्यक्ति एक स्थायी लेखा नम्बर’ को नीति लिएको छ । यस नीति अनुसार नेपालमा काम गरिरहेका विदेशी नागरिकले समेत अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने हुन्छ ।
अर्थ मन्त्रालयका अनुसार साउन मसान्तसम्म प्यानमा दर्ता हुने व्यक्तिगत करदाताको संख्या १२ लाख ४७ हजार ४ सय ८९ पुगेको छ । व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या १२ लाख १४ हजार ५ सय २१ रहेको छ । यसअनुसार अब नेपालमा स्थायी लेखा नम्बर लिने कूल करदाताको संख्या २४ लाख ६३ हजार १ सय १४ पुगेको छ ।
पछिल्लो तथ्यांक अनुसार अब देशमा कूल करदाताको संख्या २७ लाख ७१ हजार ३ सय ६ पुगेको छ । २४ लाख ६३ हजार १ सय १४ व्यक्तिगत तथा व्यवसायिक स्थायी लेखा नम्बरबाहेक मूल्य अभिवृद्धि कर र अन्तशूल्कमा दर्ता भएका करदाता समेत सूचिमा छन् । अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म २७ लाख ७१ हजार ३ सय ६ करदाता दर्ता भएका छन् ।
के हो स्थायी लेखा नम्बर ?
स्थायी लेखा नम्बर प्रत्येक करदातालाई पहिचान दिन दिइने स्थायी संकेत अंक हो । यो ९ अंकको हुन्छ । यो संकेत एक पटक लिइसकेपछि उही व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण बदली गरे पनि करदाताको संकेत नम्बर भने स्थायी हुन्छ । यो कर तिर्ने प्रयोजनमा काम लाग्छ । यसबाहेक कुनै पनि आधिकारिक निकायलाई कर प्रयोजनका लागि आवश्यक परेका सूचना समेत यहाँ भण्डार गरिएको हुन्छ ।
उद्योग, व्यापार, पेशा, व्यवसाय, रोजगारी गर्ने व्यक्तिले समेत आफूले गर्ने कारोबार, बैंकिङ कारोबार, जारी गर्ने बील वीजक, खाता, कागजात तथा आय विवरणजस्ता कर सम्बन्धी सम्पूर्ण विवरणमा प्यान अनिवार्य गरिएको छ । यसबाट राज्यको प्रणालीमा आवद्ध भएको पहिचान पनि दिने र नागरिकलाई आफूले प्रत्यक्ष कर तिरेको अनुभूति पनि यो कार्ड लिएपछि हुन्छ ।
व्यक्ति र कम्पनीले फरक फरक प्यान लिनुपर्छ । अहिले आफूले गर्ने कारोबार, बील बीजक, खाता, आय(विवरण, बैंकिङ कागजात तथा कर सम्बन्धी सम्पूर्ण काम गर्दा प्यान अनिवार्य गरिएको छ । राजस्व दाखिला गर्ने समयमा प्यान नम्बर राखियो भने राजस्वको अभिलेख पनि पारदर्शी हुने सरकारको भनाइ रहेको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष