बुटवल – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्व समुदायमाझ नेपालको छवि नयाँ उचाइमा पुगेको बताएका छन् । सरकार बढीभन्दा बढी अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्ने लक्ष्यका साथ अगाडि बढेको ज्ञवालीले बताए ।
प्रेस संगठन नेपाल रूपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले असल छिमेकी सम्बन्ध कायम गर्दै मुलुक अगाडि बढ्दै गरेकाले विश्वसामु नेपालको छवि, रूचि र आकर्षण बढ्दै गएको दाबी गरे । ज्ञवालीले भने, ‘नेपालको छिमेकी देशहरूसँगको सम्बन्ध गुणात्मक रूपमा अगाडि बढेको छ । अन्य देशहरूले नेपालले पनि भनाइ/आवाजलाई सुनुवाइ गर्न थालेका छन् । नेपालका नेताहरूको पनि खोजी बढ्दो छ । यसले प्रष्ट हुन्छ देशको छवि बढ्दो छ ।’
‘मुलुकमा भ्रष्टाचार कम हुँदै गएको मन्त्रीले दाबी गरे । कमाइ बढी हुने कार्यालयमा कर्मचारी जान मान्दैनन् । यसले के अर्थ लाग्छ भने भ्रष्टाचारका प्वालहरू क्रमशः पुरिँदै गएका छन् तर पूर्ण रुपमा नियन्त्रण भएको छैन,’ ज्ञवालीले भने ।
सरकारले केही गरेन भनेर निराशा हुनुपर्ने अवस्था मुलुकमा नरहेको परराष्ट्रमन्त्री ज्ञवालीले स्पष्ट पारे । ‘राम्रा कामको प्रचारप्रसार हुन नसक्दा केही धमिलो पानीमा मार्छा मार्न पल्केका तत्वले सरकारप्रति नकारात्मक प्रचार गरेको छ तर त्यस्तो अवस्था छैन,’ मन्त्री ज्ञवालीले भने ।ज्ञवालीले सरकारले ५ वर्षे कार्यकाल पूरा गर्दा मुलुक अल्पविकसित देशबाट विकसित राष्ट्र बन्ने बताए ।
नेपालको चीन र भारतसँगको सम्बन्ध समान भएको बताए । चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण पूर्ण रुपमा फलदायी रहेको बताए । चिनियाँ राष्ट्रपति नेपाल आउन अहिले उपयुक्त समय रहेको उनले बताए । उनले नेपाल भारत सीमा व्यवस्थित गर्ने काम भइरहेको बताए । खुला सीमानाको दुरुपयोग भइरहेको भन्दै त्यसलाई व्यवस्थित गर्ने काम सरकारले गरिरहेको बताए । उनले भारततर्फका ८ हजार ५ सय ५७ पिल्लर व्यवस्थित बनाउन सरकारले काम गरिरहेको बताए । ज्ञवालीले पार्टी एकीकरणका आधारभूत कामहरू सबै सकिएको बताए ।
सम्बन्धित खबर
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
सार्वजनिक नगर्दै बाहिरियो जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने