बुटवल – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्व समुदायमाझ नेपालको छवि नयाँ उचाइमा पुगेको बताएका छन् । सरकार बढीभन्दा बढी अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्ने लक्ष्यका साथ अगाडि बढेको ज्ञवालीले बताए ।
प्रेस संगठन नेपाल रूपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले असल छिमेकी सम्बन्ध कायम गर्दै मुलुक अगाडि बढ्दै गरेकाले विश्वसामु नेपालको छवि, रूचि र आकर्षण बढ्दै गएको दाबी गरे । ज्ञवालीले भने, ‘नेपालको छिमेकी देशहरूसँगको सम्बन्ध गुणात्मक रूपमा अगाडि बढेको छ । अन्य देशहरूले नेपालले पनि भनाइ/आवाजलाई सुनुवाइ गर्न थालेका छन् । नेपालका नेताहरूको पनि खोजी बढ्दो छ । यसले प्रष्ट हुन्छ देशको छवि बढ्दो छ ।’
‘मुलुकमा भ्रष्टाचार कम हुँदै गएको मन्त्रीले दाबी गरे । कमाइ बढी हुने कार्यालयमा कर्मचारी जान मान्दैनन् । यसले के अर्थ लाग्छ भने भ्रष्टाचारका प्वालहरू क्रमशः पुरिँदै गएका छन् तर पूर्ण रुपमा नियन्त्रण भएको छैन,’ ज्ञवालीले भने ।
सरकारले केही गरेन भनेर निराशा हुनुपर्ने अवस्था मुलुकमा नरहेको परराष्ट्रमन्त्री ज्ञवालीले स्पष्ट पारे । ‘राम्रा कामको प्रचारप्रसार हुन नसक्दा केही धमिलो पानीमा मार्छा मार्न पल्केका तत्वले सरकारप्रति नकारात्मक प्रचार गरेको छ तर त्यस्तो अवस्था छैन,’ मन्त्री ज्ञवालीले भने ।ज्ञवालीले सरकारले ५ वर्षे कार्यकाल पूरा गर्दा मुलुक अल्पविकसित देशबाट विकसित राष्ट्र बन्ने बताए ।
नेपालको चीन र भारतसँगको सम्बन्ध समान भएको बताए । चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण पूर्ण रुपमा फलदायी रहेको बताए । चिनियाँ राष्ट्रपति नेपाल आउन अहिले उपयुक्त समय रहेको उनले बताए । उनले नेपाल भारत सीमा व्यवस्थित गर्ने काम भइरहेको बताए । खुला सीमानाको दुरुपयोग भइरहेको भन्दै त्यसलाई व्यवस्थित गर्ने काम सरकारले गरिरहेको बताए । उनले भारततर्फका ८ हजार ५ सय ५७ पिल्लर व्यवस्थित बनाउन सरकारले काम गरिरहेको बताए । ज्ञवालीले पार्टी एकीकरणका आधारभूत कामहरू सबै सकिएको बताए ।
सम्बन्धित खबर
शिक्षामन्त्री पुनले भने- कति साह्रै हावा कुरा गरेको हाउ यो दुर्गा भाइले !
हेटौँडामा बिहानै भत्काउन थालियो सडक छेउका घर तथा संरचनाहरू
आगजनी गर्ने बानी भयो भने भोलि जो कोहीले जो कसैलाई जलाउन सक्ने चिन्ता भएको छ: प्रधानमन्त्री
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’