नवलपुरमा जलाए सविधान, प्रहरीद्वारा हस्तक्षेप !

नवलपुरमा जलाए सविधान, प्रहरीद्वारा हस्तक्षेप !

andolan (2)

कमला राना मगर \कावासोति नवलपुर – देशैभर आज सविधान दिवस मनाइएको बेला नवलपुरमा भने आजको दिनलाई विभिन्न संघसस्थाले कालो दिवसको रुपमा मनाएका छन् ।

नवलपुरको कावासोतिमा नेपाल आदिवासी जनजाती महासंघ,थारु विद्यार्थी समाज,थारुवान राष्ट्रिय मोर्चा र क्रान्तीकारी माओवादीको संयुक्त आयोजनामा विरोध र्याली सहीत नेपालको संविधान जलाएका छन् । संविधानले जनताको अधिकार सुनिश्चित गर्न नसकेको र जनताको पूर्ण अधिकार सहितको संविधान बन्नु पर्ने माग गर्दै, सविधान दिवसलाइ कालो दिनको रुपमा मनाउदै विरोध गरेको हुन । सोही क्रममा शुक्रबार नेकपा क्रान्तिकारी माओवादी नवलपुरका जिल्ला सेक्रेटरी उत्तम थापाको नेतृत्वमा रहेको टोलीले नाराबाजी गरी नेपालको संविधान जलाएका छन् ।

यस्तै नवलपुरको कावासोतिमा कालोझण्डा र व्यानर सहीत निस्केको विभिन्न संघसस्थाको विरोध र्यालीलाई प्रहरीले हस्तक्षेप गरी झण्डा र व्यानर खोसेपछि, नेपाल आदीवासी जनजाति महासंघ नवलपुरले प्रेस विज्ञप्ती जारी गर्दै घोर बिरोध समेत गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds