कमला रानाा मगर – पूर्वी नवलपरासीको कावासोति नगरपालिका वडा नम्बर ८ स्थीत खरकट्टा जंगलमा सोमबार राति सवारी दुर्घटनामा परी हुदा ५ जनाको मृत्यु भएको छ ।
लु १ ख ८५३२ नं.को ट्रक र विपरित दिशाबाट आउदै गरेको बा २१ च ६४०९ नं. को कार खरकट्टा जंगल क्षेत्रमा राति ११ बजे ठोक्किँदा कारमा सवार पाँचै जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते हरुलाई उद्धार गरी उपचारको लागी जिल्ला सरकारी अस्पताल भरतपुर चितवन तर्फ पठाईएको र सबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए।
देवचुलि नगरपालिका वडा नम्बर १ केउरेनि वस्ने ३५ वर्षिय दिपक भन्ने पुर्ण बहादुर विश्वकर्मा, २० देवचुलि वडा नम्बर ५ बस्ने दिल बहादुर ढेंगा मगर, ३० वडा नम्बर १० पृथ्वी नगरका २१ वर्षिय दिपेश राना मगर, ४० सोहि ठाउँ बस्ने २९ वर्षका हिरा राना मगर र ५० कैलाली जिल्ला का सुरज राना मगर गम्भीर घाइते पाँच जनाको उपचारका लागि चितवन पठाए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यसै गरी नवलपरासीको मध्यविन्दु नगरपालिका १० राति पौने २ बजे दाङबाट काठमाण्डौका लागि छुटेको बस पल्टिँदा एक जनाको ज्यान गएको छ । कम्तीमा १५ जना घाइते भएका छन् ।
ना ७ ख ८६४२ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो । बस पल्टिँदा मकवानपुर घर भएका बसका चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको नवलपुर अस्पताल, कालिगण्डकी अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष