काठमाडौं– कृषि विकास बैंकबाट भएको पाँच करोड ह्याकिङमा कैलाश विकास बैंकको संलग्नता देखिएको प्रहरीले दाबी गरेको छ । कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ ह्याक गरेर निकालिएको र उक्त रकम विभिन्न स्थानमा पठाइएको पाइएको प्रहरीले जनाएको छ । त्यसमध्ये १५ लाख रुपैयाँ कैलाश विकास बैंकमा गएको प्रहरी अनुसन्धानले देखाएको छ ।
बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महानगरिय अपराध महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी)सहकुल थापाले भने,‘कृषि विकास बैंकबाट निकालिएको करिब ५ करोड मध्ये १५ लाख रुपैयाँ कैलाश विकास बैंकको मास्टर खातामा ट्रान्सफर भएको देखिएको छ ।’
कृषि विकास बैंकको ह्याक भएको पैसा कसरी कैलाश विकास बैंकमा पुग्यो भन्ने विषयमा थप अनुसन्धान गर्ने र त्यसका लागि नेपाल राष्ट्र बैंकलाई पनि आग्रह गरिने एसएसपी थापाले बताए ।
कृषि विकास बैंकबाट भएको रकम ह्याकिङ प्रकरणमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । जसमध्ये एक जना हुण्डी कारोबारीसमेत रहेका छन् । उनीहरुलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।
कृषि विकास बैंक ह्याकिङमा भारतमा बस्ने व्यक्तिको संलग्नता देखिएको प्रहरीले जनाएको छ । भारतमा बस्ने ह्याकरले नेपालमा ११ जना एजेन्ट राखेको र ह्याकिङको पैसा उनीहरुको खातामा पठाउने गरेको पाइएको प्रहरी अनुसन्धानमा फेला परेको छ ।
ह्याकरले ५०/५० लाखका दरले उनीहरुको खातामा रकम पठाउने र नेपालमा रहेका व्यक्तिले त्यसको १० प्रतिशत आफूले राखेर बाँकी रकम हुण्डी मार्फत भारत पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
वरिष्ठ कलाकार सुनिल थापाको निधन
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण