काठमाडौं- आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले आफूलाई मार्ने अभिप्रयाले शनिवार चितवनमा ढुङ्गामुडा र आक्रमण भएको बताएका छन् । विना हातहतियार घुम्न, डुल्न र बोल्न नपाउने कस्तो लोकतन्त्र भनी उनले प्रश्न गरे ।
आक्रमणपछि काठमाडौंको ट्रमा सेन्टरमा उपचार गराइरहेका शाहीलाई भेट्न गएका विश्लेषक एवं अभियान्ता दिलनिशानी मगर र पुण्य गौतम लगायतको टोलीसँग उनले आफूलाई सिद्याउने नियतले आक्रमण भएको बताएका हुन् । ‘म बोल्नको लागि चितवन गएको थिएँ, माइक्रो बसमै आक्रमण भयो, सीटमुनि बसेर बाँचें’ शाहीको भनाइ उद्धृत गर्दै दिलनिशानीले लोकान्तरसँग भने, ‘विना हातहतियार हिँडडुल गर्न नपाउने पनि कस्तो लोकतन्त्र हो ?’
नेकपा निकट कार्यकर्ताको आक्रमणमा परि घाइते भएका शाहीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टाउकोमा गहिरो चोट लागेका कारण केही दिन अस्पतालमै बस्नुपर्ने अवस्था रहेको नेपालका लागि नेपाली अभियानका डा. सुरेन्द्र भण्डारीले जानकारी दिए ।
उनले आफ्नो उपचार खर्चका लागि पहल गरिदिन आग्रह गरेको दिलनिशानीले बताए । शाहीमाथि भएको आक्रमणको सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । ‘ज्ञानेन्द्र शाहीको विचार र उनको शैलीसँग सबभन्दा बढी मैले फरक मत राख्छु तर उनीमाथि भएको आक्रमणको म निन्दा गर्न र उनलाई भेट्न अस्पताल गएको हुँ,’ दिलनिशानीले भने ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष