किरण श्रेष्ठ, तनहुँ । तनहुँको दमौलीमा पनि कपडा बैंक खुलेको छ । आइतबार तनहुँको व्यास-३ स्थित तरकारी लाइनमा लायन्स कपडा बैंकको उद्घाटन भएको छ । लायन्स क्लब अफ तनहुँ दमौलीको सक्रियतामा उक्त कपडा बैंक संचालनमा आएको हो ।
कपडा बैंकको उद्घाटन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले गरेको थिए ।

सो अवसरमा प्रमुख अतिथि न्यौपानेले राम्रो कामको सुरुवात भएको बताए । कपडा बैंकले अन्य जिल्ला राम्रो बजार लिएको उनले बताए । असाहाय वर्गको हितका लागि व्यवस्थित र निरन्तर रुपमा कपडा बैंक संचालन हुनुपर्ने उनले बताए । जम्मा गरिएको कपडा दुरुपयोग हुन नहुने समेत न्यौपानेले बताए ।
‘हुनेले दान गर्नुस, नहुनेले ढुक्कले लैजानुस’ भन्ने मुल नाराका साथ उक्त कपडा बैंक संचालनमा ल्याइएको क्लबका अध्यक्ष राजकुमार श्रेष्ठ ‘राकु’ले बताए । कपडा बैकलाई निरन्तर रूपमा लैजाने उनले बताए । ‘हामी संग अझै गोदाममा स्टक कपडा छ’ अध्यक्ष श्रेष्ठले भने ‘हामी निरन्तर सेवा दिनेमा प्रतिबद्ध छौ ।’

सो अवसरमा निवर्तमान डिस्ट्रिक गभर्नर अशोक कुमार श्रेष्ठले लायन्स सामाजिक काम अग्रसर रुपमा लागेको बताए । कपडा बैंकले हुनेले दिने र नहुनेले लिनको लागी सहयोग पुर्याउने उनले बताए ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले लायन्सले मानवसेवाको लागि राम्रो कामको सुरुवात गरेको बताए । त्यस्तै प्रजिअ दशै, तिहार र छठको शुभकामना समेत जिल्लाबासी लाई दिए ।
आइतबार मात्रै बन्दिपुर-३ रामकोट ठाडोखोला खहरेका १८ जना चेपाङ र २ जना तनहुँसुरबाट आएर कपडा बैंकबाट कपडा लागेको क्लबका प्रथम उपाध्यक्ष सरोज भण्डारी जानकारि दिए ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु