तनहुँ । तनहुँ दमौलीको थप ६ स्थानमा निशुुल्क वाईफाईको सुविधा थप हुने भएको छ । बुधवार वल्र्डलिंक कम्युनिकेशन प्रा.लि.को निमचोक स्थित कार्यालयमा सो सम्बन्धि सम्झौता भएको हो ।
सम्झौतामा व्यास नगरपालिकाको तर्फबाट नगर प्रमुख वैकुण्ठ न्यौपाने र वल्डलिंक कम्युनिकेशनका तर्फबाट सिइओ केशव नेपालले हस्तास्क्षर गरेका हुन ।
सम्झौता अनुसार सवै स्थानमा उपकरण सहित ५ वर्षका लागि वल्डलिंकले निशुल्क वाईफाइको व्यवस्था गर्ने उल्लेख गरिएको छ । सोका लागि नगरपालिकाले कुनै पनि शुल्क तिर्नु नपर्ने बताइएको छ ।
सम्झौतामा हस्ताक्षर गर्दै नगर प्रमुख न्यौपानेले व्यास नगरपालिकालाई स्मार्ट सिटिको रुपमा विकास गरिने बताए ।
त्यस्तै कम्पनीका सिइओ नेपालले सामाजिक उक्तरदायित्व अन्र्तगत सुविधा उपलव्ध गराएको जानकारी दिए ।
सम्झौता अनुसार व्यास ३ को दुुर्गा मन्दिर क्षेत्र, देवी देउराली पुस्तकालय तथा देउरालीनगर सिकाई केन्द्र, वि.पि. वनवाटिका खेल मैदान तथा पाञ्चायन मन्दिर एवं जेष्ठ नागरिक केन्द्र, दमौली अस्पताल तथा पार्क क्षेत्र, व्यानपाको पुस्तकालय, वडा नं २ को कार्यालय र वडा नं ४ को वडा कार्यालय तथा कालिका जंगल पार्क क्षेत्रमा ५ वर्षका लागी निशुल्क वाईफाई सेवा उपलव्ध गराउन लागिएको व्यास ३ का वडा सदस्य रबिन पौडेलले जानकारी दिए ।
यस अघि वल्र्डलिंकले नै अनसन चौतारा क्षेत्र तथा निमचोकमा निशुल्क वाईफाई सुविधा उपलव्ध गराईसकेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु