स्वास्थ्य राज्यमन्त्री सहभागी कार्यक्रममा ग्यास सिलिण्डर पड्किँदा चार घाइते

स्वास्थ्य राज्यमन्त्री सहभागी कार्यक्रममा ग्यास सिलिण्डर पड्किँदा चार घाइते

cylinder-bisfot

जनकपुरधाम । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव सहभागी शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुने अतिथिका लागि खानेकुरा पकाउन खटिएका चार जना ग्यास पड्किँदा घाइते भएका छन् ।महोत्तरीको गौशाला नगरपालिकामा समाजवादी पार्टीले दशैं, तिहार र छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि राज्य मन्त्री डा. यादव थिए ।

कार्यक्रममा सहभागी हुने अतिथिका लागि चिया, खाजा पकाउने चार जना ग्यास सिलिण्डर पड्किँदा घाइते भएका हुन् । घाइते हुनेमा गौशाला नगरपालिका ८ निवासी २७ बर्षीय ओम प्रकाश यादव, २८ बर्षीय कौशल यादव, १७ बर्षीय सन्तोष पासवान र सोही उमेरका रिकेश यादव छन् ।

उनीहरुको स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि अहिले स्वास्थ्य राज्यमन्त्री डा. यादवको जनकपुरस्थित निजी अस्पताल जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds