दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल

चहलपहल

दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल

Ktm-Return

बडादसैं मनाउन गाउँ घर गएकाहरू काठमाडौं लगायत शहरमा फर्किन थालेका छन्।

टीकाको अघिल्लो दिनदेखि सुनसान जस्तै रहेको काठमाडौं उपत्यकामा शुक्रबार निकै चहलपहल बढेको छ। आइतबारदेखि कार्यालयहरू पनि खुल्ने भएकाले दसैं मनाउन गाउँ गएकाहरू फर्किन थालेका हुन्।

एकातिर विजयादशमीको तेस्रो दिन पनि टीका र जमरा लगाउने क्रम जारी रहेकाले उपत्यकामा चहलपहल बढेको छ भने, अर्कोतर्फ बाहिरबाट उपत्यका भित्रिने क्रम पनि बढेको छ।

आज काठमाडौंका सडकहरूमा सवारीसाधनहरूको पनि बाक्लो चाप देखिएको छ। दसैंमा बन्द रहेका पसलहरू पनि क्रमशः खुल्न थालेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ