दरबारमार्गको क्लब भिक्ट्रीमा लागेको आगो ३ घन्टापछि नियन्त्रणमा (भिडियोसहित)

दरबारमार्गको क्लब भिक्ट्रीमा लागेको आगो ३ घन्टापछि नियन्त्रणमा (भिडियोसहित)

victory

काठमाडौं– काठमाडौंको दरबारमार्गस्थित भिक्ट्री लाउन्ज क्लबमा लागेको आगो करिब ३ घण्टा पछि नियन्त्रणमा आएको छ । आइतबार साँझ साढे ६ बजेदेखि सुरु भएको आगो दमकल, प्रहरी र स्थानीयको प्रयासमा नियन्त्रणमा लिइएको हो । प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिएको छ ।

क्लबमा रहेका ग्यासका सिलिण्डरमा आगो सल्किएपछि विस्फोट हुँदा आगो नियन्त्रणमा लिन हम्मे हम्मे परेको थियो । क्लब भिक्ट्रीमा पूर्ण रुपमा जलेको छ । आगलागीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रहरीका अनुसार लाउन्जबाट मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको थियो ।  आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित ८ वटा दमकल खटिएको थियो ।

https://www.facebook.com/gandaknews/videos/2523898571007217/

फायर फाइटर घाइते

आगो निभाउने क्रममा एक जना फायर फाइटर घाइते भएका छन् । उनको परिचय खुलेको छैन । हाल उनलाई उपचारका लागि वीर हस्पिटलको ट्रमा सेन्टर पुर्याइएको छ । उनको अवस्था सामान्य रहेको डीएसपी बोगटीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds