तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले तिहारमा रातको १० बजेभन्दा पछि देउसीभैलो खेल्न नपाउने व्यवस्था गरेको छ । रातको १० बजेसम्म मात्र देउसीभेैलो लगायतका तिहारमा हुने साँस्कृतिक कार्यक्रम गर्न सकिने कार्यालयले सूचना जारी गरेको हो।
बुधवार सार्वजनिक सुचना जारी गर्दै रातको समयमा सुरक्षामा हुने प्रतिकुुल असर रोक्न यस्तो निर्णयमा पुुगेको कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार होटल तथा रेस्टुरेन्ट राति १० बजे सम्म मात्रै संचालन गर्न पाइने छ । तिहार पर्वमा भुुईचम्पा, पटका र आतिसवाजी जस्ता बिस्फोटक पर्दाथको प्रयोग नगर्न सबैलाई सचेत गराइएको छ ।
साथै माइकिङ तथा साउण्ड सिस्टम संचालन गर्दा छिमेकी लाई असर नपर्ने गरि संचालन गर्न प्रशासन गरेको छ ।
यस्ता बिस्फोटक पर्दाथको प्रयोगले सर्वसाधारणको स्वास्थ्यमा गंभिर असर पर्न जाने तथा चोटपटक लाग्ने र आगलागि भई ठूलो जनधनका क्षति हुने गरेको भन्दै प्रशासन कार्यालयले यसको नियन्त्रणमा जोड दिईएको जनाएको छ ।
सुचनामा यस्ता बिस्फोटक पर्दाथको उत्पादन, आयात, निर्यात, बिक्री र प्रयोगमा कडाई गरिएको उल्लेख गर्दै वालबच्चाले गर्ने प्रयोग समेत तत्काल रोक्न आग्रह गरिएको छ ।
साथै जुवा, तास, लंगुरबुर्जा लगाएत जुवा जन्य खेल नखेल्न नखेलाउन अनुरोध गरिएको छ । चाडपर्वको नाउमा मादकपदार्थ खाई सार्वजनिक स्थानमा हो हल्ला नगर्न समेत अनुरोध गरेको छ ।
प्रशासनको अनुुरोधलाई बेवास्ता गरेर बिस्फोटक पर्दाथको प्रयोग वा निर्धारित समयपछि सम्म देउसी भैलोलगायतका साँस्कृतिक कार्यक्रम गर्ने उपर कानुनी कारवाही गर्ने समेत सुचनामा उल्लेख छ ।
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस