काठमाण्डौं । महाराजगञ्जबाट दुई करोड ६७ लाख रुपैयाँसहित प्रहरीले २५ जुवाडेलाई पक्राउ गरेको घटनामा आफू संलंगन नरहेको नेपाली कांग्रेसका नेता एवं पूर्व गृहराज्यमन्त्री इन्द्र बाँनियाले जिकिर गरिरहँदा उनलाई प्रहरीले छोडेको खुलासा भएको छ ।
काठमाडौं प्रहरी परिसर स्रोतको हवाला दिँदै शिलापत्र डटकमले बाँनियालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी शैलेस थापा क्षेत्रीको आदेशमा छोडिएको न्यूज प्रकाशित गरेको छ । बाँनियाले आफूले जुबा नखेलेको र हेर्न मात्र पुगेका भनेपछि उनलाई छोड्न लगाईएको हो । तर प्रहरीले बाँनियालाई पक्राउ नगरेको जनाएको छ । शनिबार राति महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले महाराजगञ्ज पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरुमा पूर्वराज्यमन्त्री सहित बलाराम सापकोटा, सोबित सिलबाल लगाएत छन् । पूर्वराज्यमन्त्रीको नाम भने प्रहरीले गोप्य राखेको छ । प्रहरीलाई बरामद भएको रकम गन्न ३ घण्टा लागेको थियो ।
पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन् । यसैगरी, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन् । उनीहरुमाथि जुवा तास मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
शिक्षामन्त्री पुनले भने- कति साह्रै हावा कुरा गरेको हाउ यो दुर्गा भाइले !
हेटौँडामा बिहानै भत्काउन थालियो सडक छेउका घर तथा संरचनाहरू
आगजनी गर्ने बानी भयो भने भोलि जो कोहीले जो कसैलाई जलाउन सक्ने चिन्ता भएको छ: प्रधानमन्त्री
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’