बैतडी । भारतको पिथौरागढमा रोजगारीका लागि श्रीमतीसहित गएका बैतडीका तीन जना नेपालीको लिङ्ग काटेर हत्या गरिएको अवस्थामा शब फेला परेको छ । डेरा गरेर बसेकै ठाउँमा तीनै जना नेपालीको शव लिङ्ग काटिएको अवस्थामा भेटिएको हो ।
श्रीमती सहित एक वर्ष अघि भारतमा रोजगारीका लागि गएका पुरचौंडी नगरपालिका वडा नम्बर ५ दहतालका हरिश बोहरा, सहोदर भाइ वीरा बोहरा र पुरचौडी नगरपालिका वडा नम्बर ४ भटना तडीखेतका काशी बोहराको हत्या भएको बताईएको छ । हत्या गरिएका हरिश बोहराकी श्रीमती किरी बोहरा र भाइ वीरा बोहरा र छिमेकी गाउँका काशी बोहरा भारतमा काम गर्दै आईरहेका थिए । घटनापछि हरे बोहराकी श्रीमती किरी बोहरा फरार रहेको बताईएको छ ।
नेपाली मजदुरको लिङ्ग काटेर हत्या गरिएको अवस्थामा तीन वटा शव फेला परेको भारतीय संचारमाध्यमलाई उदृत गर्दै स्थानीय सामाजिक संस्था ‘कार्ड’की अभियन्ता तनुजा पोखरियालले जानकारी दिए । पोखरीयालले भने, – ‘घटना निकै निर्मम देखिन्छ । हत्याको अनुसन्धान गर्न भारतको अलमोडाबाट फरेन्सिक जाँच गर्ने प्रहरीको उच्च टोली पिथौरागढ पुगेर घटना स्थलबाट हात र पञ्जाको नमुना संकलन गरिएको छ । नेपालबाट कामको खोजीमा श्रीमतिसहित भारत पुगेका बोहरा दाजुभाइको हत्यापछि साथमा रहेकी महिला किरी बोहरा बेपत्ता रहेकी छिन्’
हत्या गरिएका नेपाली मजदुर दिनभरी ज्याला मजदूरी गरेर पिथौरागढ जिल्लाको मडधुरा गाउँमा डेरा लिएर बस्दै आईरहेका थिए । नेपाली मजदुरको दुई दिन अघि नै हत्या भए पनि घटना १० गते मात्रै सार्वजनिक भएको हो ।
फरेन्सिक जाँचपछि मृतकहरुको शव पिथौरागढ स्थित सरकारी जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे परिवारले १० गते अबेर मात्रै जानकारी पाएकोले सोमबार बिहानै आफन्तहरु पिथौरागढ जाने तयारीमा रहेको परिवारले बताएका छन् ।
सम्बन्धित खबर
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते