काठमाडौं । पाँच महिना अघि उच्च शिक्षा अध्ययनका लागि दिदीसँग काठमाडौं आएर भक्तपुरको कौशलटारमा बस्दै आएकी रुपा (नाम परिवर्तन) यस पटकको तिहारमा कोठामा एक्लै परिन् । दिदी काठमाडौं बाहिर जानुपरेकोले रुपा एक्ली परेकी थिइन् । बहिनीको चिन्ता लागेर उनले आफूसँगै क्याम्पस पढने मित्रलाई अप्ठ्यारो परे भरथेग गरिदिनु है भन्दै सहयोग मागिन् । तर तिनै मित्रले बहिनीलाई बलात्कार गरिदिएपछि अहिले पीडित किशोरी भन्दा पीडामा छिन् उनकी दिदी । बिश्वासघात गरी बहिनीलाई बलात्कार गर्ने अरु कोही नभएर बिद्यार्थी नेता इन्द्रहाङ राई हुन् ।
पीडित रुपाले प्रहरीमा दिएको बयानअनुसार भाइटीकाको अघिल्लो दिन कौशलटारस्थित कोठामा एक्लै थिइन् । अप्ठ्यारो–सप्ठ्यारोमा भरथेग गर्ने राई यसबारे जानकार थिए । दिउँसो उनलाई राईले फोन गरी ‘तीन बजे देउसीभैलो सुरु हुन्छ, खेल्न आउनू’ भन्ने आग्रह गरे । सोझी रुपा दाईको आग्रह मान्दै कौशलटारबाट जोरपाटीसम्म गाडी चढेर गइन् । राई उनलाई लिन त्यहीँ पुगे । मोटरसाइकलमा हालेर माकलबारीमा रहेको एउटा घरमा पुर्याए, जहाँ उनका आफन्त डेरा गरेर बस्दै आएका थिए । त्यस दिन राईका आफन्त अन्तै गएका थिए । राईले पहिले नै बियर र केही खानेकुरा लगेर त्यहाँ राखिसकेका रहेछन् । राईले केहीबेरपछि देउसी सुरु हुने भन्दै खानेकुरा खान उनलाई आग्रह गरे । बियर पिएपछि राई ए क्कासी रुपामाथि जाइलागे । पीडित किशोरीका अनुसार सुरुमा राईले हग गरौँ भन्यो, उनले अस्वीकार गरिन, त्यसपछि ज बर्जस्ती गर्यो ।
रुपाले राईको पञ्जाबाट उम्कन ठुलै प्रयत्न गरिन । तर प्रतिकार गरे पनि उनी उम्किन सकिनन, राईको शिकार बनिन। राईले आफ्नो लिं ग पीडितको मुखमा छिराएको पीडितले बताएकी छन् । ‘उसले दुई पटकसम्म ज ब र्जस्ती मेरो मुखमा लिंग छिराइदियो,’ पीडितले भनिन । बलात्कारको क्रममा राईले धेरै धम्की दिएको पनि पीडितले बताएकी छन् । दिउँसो ३ बजेदेखि करिब साढे ३ घण्टा उनीमाथि जाइलागेका राईले उनलाई चक्कु देखाएर मार्ने सम्मको धम्की दिएका थिए ।
‘मलाई त्यहाँबाट निस्किन धेरै सकस भयो, कतै पनि भन्दिनँ अहिले यहाँबाट निस्किन दिनुस भनेपछि उसले बाइकमा बसपार्कसम्म ल्याएर छाडिदियो,’ पीडितको भनाई छ । राई अनेरास्ववियुका केन्द्रीय सदस्य तथा आरआर क्याम्पसका स्ववियु सहसचिव हुन्। कान्तिपुर दैनिकले प्रकाशन गरेको छ ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष