पार्टी कार्यालयमै छिर्न नदिई कार्यकर्ताले घेरा हालेपछि रिसाए देउबा (तस्विरहरु)

पार्टी कार्यालयमै छिर्न नदिई कार्यकर्ताले घेरा हालेपछि रिसाए देउबा (तस्विरहरु)

deuba angry mood

काठमाण्डौ । उपनिर्वाचनको उम्मेद्वार चयन तथा भ्रातृ संगठनको गठन लगायत एजेन्डामा छलफल गर्न शुक्रबार दिउँसो १ बजेको बैठकमा सहभागी हुन पार्टी मुख्यालय सानेपा पुगेका काँग्रेस सभापति शेरबहादुर देउबाको एक्कासी मुड अफ भयो । जब, देउवालाई अवरोध गर्दै कार्यकर्ताले नारावाजी गरे ।

कार्यकर्ताले नारावाजी गर्दै घेराउ गरेपछि सभापति देउवाले आक्रोशित हुँदै ‘यो के गरेको’ भन्दै जंगिएका थिए । उनी निकै आक्रोशित मुद्रामा देखिएको सहभागीले बताएका छन् । उनले औँला ठड्याउँदै हप्काएपछि प्रदर्शनकारी झन आक्रोशित बनेका थिए ।देउवालाई सुरक्षाकर्मीले घेरा हालेर भिडबाट कार्यालयभित्र छिराउनु परेको थियो । नेता कृष्ण प्रसाद सिटौला निकट कार्यकर्ता विरोधमा उत्रिएका हुन् । ३२ वर्षभन्दा बढी उमेरका विद्यार्थीलाई संगठनमा राखे आफूहरु आमरण अनसनमा बस्ने उनीहरुले चेतावनी दिएका छन् ।

दुई घण्टा पछि बैठक सुरु भयो । सभापति लगायत नेताहरु कार्यालयभित्र छन् भने बाहिर कार्यकर्ताले नारावाजी गर्दै कार्यालय घेराउ गरिरहेका छन् । पार्टी कार्यालयमा भिड बढेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।

पार्टी कार्यालय परिसरमा चर्को नाराबाजी गरिरहेका विद्यार्थीहरुको घेरामा सभापति शेरबहादुर देउवादेखि महामन्त्री डा. शशांक कोइरालासम्मका नेताहरु परेका छन् ।

तस्विरः अन्नपूर्ण पोष्ट र रिपोर्टर्स नेपालबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

बागलुङमा आगलागी हुँदा दुई घर जलेर नष्ट
बयरघारी रमाइलो मेला हुने
महेन्द्रपुल यु २३ बास्केटबल सुरु
बदली र वर्षाको सम्भावना

ट्रेन्डिङ