काठमाण्डौ । उपनिर्वाचनको उम्मेद्वार चयन तथा भ्रातृ संगठनको गठन लगायत एजेन्डामा छलफल गर्न शुक्रबार दिउँसो १ बजेको बैठकमा सहभागी हुन पार्टी मुख्यालय सानेपा पुगेका काँग्रेस सभापति शेरबहादुर देउबाको एक्कासी मुड अफ भयो । जब, देउवालाई अवरोध गर्दै कार्यकर्ताले नारावाजी गरे ।
कार्यकर्ताले नारावाजी गर्दै घेराउ गरेपछि सभापति देउवाले आक्रोशित हुँदै ‘यो के गरेको’ भन्दै जंगिएका थिए । उनी निकै आक्रोशित मुद्रामा देखिएको सहभागीले बताएका छन् । उनले औँला ठड्याउँदै हप्काएपछि प्रदर्शनकारी झन आक्रोशित बनेका थिए ।देउवालाई सुरक्षाकर्मीले घेरा हालेर भिडबाट कार्यालयभित्र छिराउनु परेको थियो । नेता कृष्ण प्रसाद सिटौला निकट कार्यकर्ता विरोधमा उत्रिएका हुन् । ३२ वर्षभन्दा बढी उमेरका विद्यार्थीलाई संगठनमा राखे आफूहरु आमरण अनसनमा बस्ने उनीहरुले चेतावनी दिएका छन् ।

दुई घण्टा पछि बैठक सुरु भयो । सभापति लगायत नेताहरु कार्यालयभित्र छन् भने बाहिर कार्यकर्ताले नारावाजी गर्दै कार्यालय घेराउ गरिरहेका छन् । पार्टी कार्यालयमा भिड बढेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।
पार्टी कार्यालय परिसरमा चर्को नाराबाजी गरिरहेका विद्यार्थीहरुको घेरामा सभापति शेरबहादुर देउवादेखि महामन्त्री डा. शशांक कोइरालासम्मका नेताहरु परेका छन् ।

तस्विरः अन्नपूर्ण पोष्ट र रिपोर्टर्स नेपालबाट
सम्बन्धित खबर
विद्यालयमा बाढी पस्नुअघि नै विद्यार्थी निकालेँ, अन्तिममा म निस्केँः त्रिभुवन त्रिशूली मावि प्रअ दवाडी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन