तनहुँ । तनहुँको भानु नगरपालिको कार्यालयमा कार्यरत नायव सुब्बा शंकर रानाभाट कार्यालय बंक गरेर पार्टी बैठकमा हिड्ने गरेको रहस्य खुलेको छ ।
भानु नगरपालिकाको नासु पदमा रहेका रानाभाट नेकपा तनहुँ जिल्ला स्तरीय नेताको रुपमा सक्रिय रहेको पाइएको छ । नेकपा तनहुँको बिहीबार बसेको जिल्ला सचिवालयको बैठकमा रानाभाटको सहभागिता देखिएको हो ।

पार्टीको बैठकममा सहभागि रहेका भानु नगरपालिका नासु रानाभाट दोश्रो लहरमा(गोलो घेरामा)
पार्टी श्रोतका अनुसार नेकपा तनहुँको बैठक बिहीबार दिउसो करिब १२ बजेबाट शुरु भएर साँझ ५ बजे सम्मै चलेको थियो । पार्टीमा सागर क्षेत्रीका नामले चिनिने रानाभाट यस अघि समेत पार्टी गतिवधिमा सक्रिय रहेको आरोप लाग्दै आएको थियो ।
नेकपा तनहुँको सचिवालय बैठकमा रानाभाट दोश्रो लहरमा रहेको प्रष्ट देख्न सकिन्छ । नगरपालिकामा हाजिर गरेर जनताको करबाट उठेको रकमबाट सेवा सुविधा लिने रानाभाटले नगरपालिकाको भन्दा पार्टीको काममा लाग्ने गरेको आरोप लाग्दै आएको छ ।
रानाभाट कार्यालयमानै करिब १ बजे सम्म कार्यालयमा रहेको नगरपालिका सुचना अधिकारी सुनिल पाण्डेले गण्डक न्युजलाई बताए ।
पाण्डेले नासु रानाभाट कार्यालयमा रहेको जिकिर गरेतापनि नासु शंकर रानाभाटले आफु सुचना अधिकारीसँग बिदा मागेर १२ बजे ब्यक्तिगत कामको शिलशिलामा हिडेको बताए ।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सरकारी सेवामा रहेको ब्यक्ति पार्टीको सक्रिय पदमा रहेर काम गरेको प्रमाण भेटिएमा सेवाबाटै बरखास्त हुने नियम रहेको बताए ।
रानाभाट नगरपालिकामा रहेर आफन्तको नाममा रहेको कम्पनीलाई ठेक्का पट्टा पार्ने गरेको आरोप समेत लाग्ने गरेको छ । विशेष गरेर योजना फाटमा रहेर आर्थिक चलखेल गर्ने गरेको नगरपालिकाका एक बोड सदस्यले नाम नबताउने सर्तमा गण्डक न्युजलाई बताए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ