काठमाडौं । नेपालमा संघीय सरकारलाई अहिले झण्डै ११ खर्ब सार्वजनिक ऋण लागेको छ । सार्वजनिक ऋण प्रत्येक नेपालीको थाप्लोमा पर्ने ऋण हो । नेपाल सरकारको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ पुग्न आँटेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामै सरकारले २३ अर्ब ३९ करोड ४१ लाख रुपैयाँ सार्वजनिक ऋण लिएको थियो । यसै अवधिमा ६ अर्ब ३२ करोड १२ लाख रुपैयाँ ऋण चुक्ता गरिएको छ ।
कतिपय द्विपक्षीय तथा बहुपक्षीय दाताको साँवासमेत भुक्तानी दिइएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । कार्यालयको तथ्यांकअनुसार कुल तिरेको ६ अर्ब ३२ करोड १२ लाख रुपैयाँमध्ये ४ अर्ब १३ करोड ८० लाख रुपैयाँ ब्याजको भुक्तानी र २ अर्ब १८ करोड ३२ लाख रुपैयाँ सावाँ हो ।
सरकारले तीन महिनाको अवधिमै आन्तरिक ऋणको ब्याज भुक्तानीका लागि ३ अर्ब ५९ करोड ४६ लाख रुपैयाँ खर्च गरेको छ । आन्तरिक ऋणको साँवा भने यस अवधिमा तिरेको छैन । तर, वैदेशिक ऋणतर्फ भने सरकारले २ अर्ब १८ करोड ३२ लाख रुपैयाँ साँवा भुक्तानी गरेको छ । ५४ करोड ३४ लाख रुपैयाँ भने ब्याज भुक्तानी गरेको महालेखाको तथ्यांकमा उल्लेख छ ।
सबैभन्दा धेरै भुक्तानी एसियाली विकास बैंकलाई
सरकारले तीन महिनाको अवधिमा तिरेको बैदेशिक ऋणको ठूलो हिस्सा एसियाली विकास बैंकको छ । यस बैंकको १ अर्ब २३ करोड १७ लाख रुपैयाँ साँवा भुक्तानी भएको छ । विश्व बैंक समूहको इन्टरनेसनल डेभलपमेन्ट एशोसिएन (आईडीए)लाई ७२ करोड ३७ लाख ८१ हजार रुपैयाँ साँवा भुक्तानी दिइएको छ । यस्तै, संयुक्त राष्ट्रसंघ मातहतको कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफएडी)को ९२ लाख ९८ हजार ७ सय २३ रुपैयाँ भुक्तानी गरिएको छ ।
पेट्रोलियम पदार्थ उत्पादन गर्ने मुलुकहरुको संगठन अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष -ओएफआईडी)को ५ करोड ९३ लाख ८६ हजार रुपैयाँ साँवा भुक्तानी भएको छ । देशतर्फ भने जापानको १४ करोड १७ लाख र फ्रान्सको १ करोड ७२ लाख रुपैयाँ साँवा भुक्तानी दिइएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष