गुल्मी –परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सीमा विवादमा सरकार नझुक्ने बताएका छन् । आइतबार गुल्मीको गुल्मीदरवार गाउँपालिका वडा नम्वर २ मा बनेको नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले सीमा विवादमा सरकार नझुक्ने बताएका हुन् ।
उनले छिमेकी दुई देश चीन र भारतसँग सुमधुर सम्बन्ध रहेको भन्दै पछिल्लो पटक भारतसँग देखिएको सीमा विवादबारे ऐतिहासिक तथ्यका आधारमा कुटनैतिक पहलबाट छलफल गरेर सरकार आफ्नो भुमिको रक्षा गर्न सक्षम रहेको बताए ।
‘राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका सवालमा सरकार कसैसँग झुक्दैन, उच्चस्तरीय कुटनैतिक पहलबाट विवाद समाधान गरेर लिम्पियाधुरा लगायत मिचिएको नेपाली भूमि फिर्ता गरिने छ, सरकार यसमा आश्वास्त हुन नेपाली जनातालाई आग्रह गर्दछौं’ मन्त्री ज्ञवालीको भनाइ छ ।
फरक प्रसङ्गमा मन्त्री ज्ञवालीले देश विकास र समृद्धिको यात्रामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस प्रतिद्वन्द्वी नभइ मिलेर अगाडि बढ्ने समेत बताए । ‘सरकार समृद्धिको यात्रामा अगाडि बढेको छ । यस यात्रामा काँग्रेस र नेकपा एक अर्काका प्रतिद्वन्द्वी नभइ मिलेर अगाडी बढ्नुपर्दछ’ ज्ञवालीको भनाइ छ ।
सम्बन्धित खबर
बालेनलाई गगनको सुझाव: सचिवालयको मात्र भर नपर्नुस्, राष्ट्रसंघमा तथ्यसहित प्रस्तुत हुनुस्
मुग्लिन–नारायणगढ सडक भोलिदेखि आंशिक बन्द हुने, दैनिक ५ पटक समय निर्धारण गरेर मात्र खुल्ने
महाधिवेशन नरोके कांग्रेस विभाजन हुन्छ, गगनजीलाई सभापति मान्न तयार छौं: लेखक
तिब्बत क्षेत्रमा हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, थप विपद्को जोखिम टर्यो
प्रधानमन्त्री बालेनले भने- ‘बाढीपीडितलाई हियाउनु अपराध हो, अपराधीहरूप्रति सरकार निर्मम हुन्छ’
देशमा अन्योल र अनिश्चयको भूमरीको अवस्था छ: प्रचण्ड
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी