स्वदेशमा पसिना बगाउन लाज मान्नेहरु विदेश जान्छन् : गभर्नर नेपाल

स्वदेशमा पसिना बगाउन लाज मान्नेहरु विदेश जान्छन् : गभर्नर नेपाल

Dr_chiranjibi_nepal

काठमाडौं । गभर्नर चिरञ्जीवि नेपालले नेपालमा उद्यमशीलताको प्रशस्त सम्भावना हुँदा पनि स्वदेशमा परिश्रम नगरी विदेश जाने प्रवृत्ति रहेको बताएका छन् । पसिना नेपालमा बगाउँदा लाज हुने भन्दै युवाहरु विदेश गइरहेको उनको टिप्पणी छ ।

‘विदेश नै जानुपर्छ रातभर लाइन लाग्छन्, लाठी चार्ज गर्नुपर्ने स्थिति छ,’ काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बैंकिङ एक्स्पोको उद्घाटन गर्दै गभर्नर नेपालले भने, ‘अनि अर्काको देशमा पसिना बगाएर हाम्रो देश बनेन भन्छन् । हाम्रो देश अरु कसलै बनाइदिदैन । हामीले नै बनाउने हो ।’

बैंकमार्फत आपूर्ति हुने पैसा सदुपयोग नभएकोमा पनि उनले चिन्ता व्यक्त गरेका छन् । ७ सय ४१ तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको उल्लेख गर्दै गभर्नर नेपालले घरघरमा पैसा सजिलै पुगिरहेको बताए ।‘अधिकांश स्थानीय तहमा वाणिज्य बैंककै शाखा पुगिसकेका छन्,’ गभर्नर नेपालले भने, ‘घरघरमा पुगेको पैसाको सदुपयोग किन नगरेको ?’ सर्वसाधारण मात्रै नभएर बैंक तथा वित्तीय संस्थाहरुको पनि कमजोरी देखिएको उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ