गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाह नाचेको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । काठमाडौंको एक रेस्टुरेन्टमा नाच्दै गरेको दृश्य आइतवारबाट सामाजिक सञ्जालमा भाइरल बनेको हो । छोरी प्रेरणा र बुहारी हिमानीका साथमा रहेका पूर्व राजा ज्ञानेन्द्र लर्ड अफ ड्रिङ्स (एलओडी) मा नाचेको भिडियो भाइरल भएको हो ।
‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ बोलको गीतमा पूर्व राजा ज्ञानेन्द्र नाचेका छन् । भिडियोमा पूर्व राजा ज्ञानेन्द्र विन्दास पारामा नाँचेको देख्न सकिन्छ । उनी त्यहाँ उपस्थित भएका सर्वसाधारणसँग पनि नाँचेका छन् भिडियोमा पूर्व राजा बालकुनीमा नाँचिरहेको देखिएको छ । म्युजिकमात्र सुनिएको गीतमा ज्ञानेन्द्र परम्परागत रुपमा नाँचेका छन् ।
ढाका टोपी कोट र पाइन्टमा रहेका पूर्व राजा नाँचिरहँदा तल बसेका सर्वसाधारणले हुँटिङ गरिरहेका भिडियोमा देख्न सकिन्छ । केही बेर नाँचेपछि उनले तल रहेका सर्वसाधारणलाई फ्लाइङ किस दिन्छन् भने नमस्कार गर्दै अभिभादन गर्छन् र हिँड्छन् । एलओडीले १६ नोभेम्बर(हिजो) युट्युवमा अपलोड गरेको एक भिडियोमा पूर्व राजपरिवारका सदस्यको अप्रत्याशित भ्रमण भनिएको छ । जहाँ उनी विन्दास मुडमा नाँचिरहेका छन् । हात हल्लाउँदै नाचिरहेका उनी बेलाबेलामा तल रहेका मानिसलाई नमस्कार गर्छन् भने बेलाबेलामा हात हल्लाउँछन् ।
भिडियोमा देखिए अनुसार उनी बालकुनीबाट तल झरेर मानिसहरुसँग भेट गर्छन् नमस्कार ग्रहरण गर्छन् र अरुलाई नमस्कार गर्दै हात मिलाउँदै हिँड्न । पूर्व राजको नाँचेको भिडियोमा हिमानी लगायतका राजपरिवारका सदस्य पनि रमाउँछन् । उनलाई छुन र नमस्कार गर्नेको बाक्लो क्रेज रहेको हुन्छ । त्यसक्रममा त्यहाँ भेला भएका केही युवतीसँग हात समाएरसमेत पूर्वराजा नाँचन् । अंगालो मार्छन्, सेल्फी खिच्नेको लागि समय दिन्छन् ।
लगाएको कोट खोलेर पूर्व राजा विन्दास रुपमा नाँच्छन् । सेतो सर्टमा उनी केही बेर कोट खोलेर नाँछन् । उन्मुक्तरुपमा हात फैलाउँछन् । मन्दमुस्कान् छर्छन् । राजपरिवारका अन्य सदस्यपनि उनीसँग ताली बजाउँछन्, नाँचछन् ।
पूर्व राजाको विन्दास मुड
सामाजिक सञ्जालमा केहीले पूर्व राजाको विन्दास मुडको प्रशंसा गरेका छन् भने केहीले आलोचना । आलोचकहरुले पूर्व राजपरिवार यही मनोरञ्जन र विन्दासपनका कारण संकटमा परेको टिप्पणी गरेका छन् । केहीले भने देशको सीमा अतिक्रमण भएको बेलामा नाचेर बस्नु भन्दै कटाक्ष गरेका छन् ।
कतिपयले ‘रातो र चन्द्र सूर्य’ बोलको गीतमा नाचेको भन्दै पूर्व राजपरिवारलाई देशको माया भएको भन्दै राजतन्त्रको वकालत पनि गरेका छन् । पूर्व युवराज पारश साहका कारण पछिल्लो समय पूर्व राजपरिवार तनावमा रहेको छ । पूर्व युवराज पारशको ‘आवारा’ ताबाट वाक्क बनेका पूर्व राजा ज्ञानेन्द्रसहितका सदस्यहरु भने धेरैजसो कार्यक्रममा एकै स्थानम देखिने गरेका छन् । मनोरञ्जन गर्ने गरेका छन् । पारश साहका कर्तुतका कारण उनलाई भने निर्मल निवासमा नै रोक लागेको छ । पछिल्लो समय पारश शाह मोडल तथा भिजे सोनिका रोकायसँग हिँडिरहेका छन् । दुई साता अघि पोखरामा फेला परेका पारस सोनिकालाई बाइकको पछाडि राखेर हुँइकिएका थिए ।
त्यस्तै सोनिकासँगै मुक्तिनाथ पुगेर पारस साधुको भेषमा देखिएका थिए भने केही भिडियोमा पारस पिङ खेलिरहेको र सोनिकाका लागि पिङ मच्चाइरहेकासमेत देखिएका छन् । पूर्व राजपरिवारको सदस्य भएपनि पारसले मर्यादा छोडेपछि पूर्व राजा ज्ञानेन्द्र, पत्नी हिमानी लगायत राजपरिवारका सदस्यहरु तनावमा रहनु र त्यो तनावबाट मुक्तिपाउनका लागि मनोरञ्जनमा लाग्नु स्वभाविक भएको सामाजिक सञ्जालहरुमा चर्चा गरिएको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने