काठमाडौं । भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालको लिम्पियाधुरा भुभाग समेटिएको विरोध गर्दै सीमा समस्या समाधान गर्न वार्ताको प्रस्ताव पठाएको छ । यसै साता पठाइएको पत्रमा भारतले सार्वजनिक गरेको नक्साप्रति नेपालको असन्तुष्टि पोखिएको छ ।
‘औपचारिक रूपमा पत्र पठाएका छौँ, भारतको जवाफको प्रतीक्षा गरिरहेका छौं,’ परराष्ट्र सचिव शंकरदास बैरागीले भने, ‘हाम्रो तर्फबाट ‘कम्युनिकेसन’ भइरहेको छ ।’
उनले भारतले मिचेको लिम्पियाधुरा क्षेत्रसम्मकै भूभाग नेपालको भएको प्रष्ट धारणा सरकारले पत्रमार्फत यसै साता पठाएको जानकारी दिए । नेपालले सीमा समस्या समाधान गर्न उच्च स्तरीय वार्ताको लागि समेत पत्रमार्फत भारतलाई प्रस्ताव गरेको छ ।
‘नेपालले पटक पटक भनिरेहेको छ,’ परराष्ट्र सचिव बैरागीले थपे, ‘भारतको जवाफ यसपाला आउला भनेरै पर्खिरहेका छौँ ।’ भारतको जवाफ आउनासाथै वार्ता गर्न नेपाल तयारी अवस्थामा बसेको जानकारी उनले दिए ।
भारतले गत कात्तिक १६ गते नेपालको भूभागमा पर्ने लिम्पियाधुरा, कालापानी, लिपुलेक सहितको ३७२ वर्गकिलोमिटरभन्दा बढी क्षेत्र अतिक्रमण गर्दै आफ्नो नयाँ नक्सा सार्वजनिक गरेको थियो । सो घटनाको चौतर्फी विरोध हुँदा भारतले आफूले पहिलेको नक्सामा नेपालको भूभागतर्फ कुनै फेरबदल नगरेको प्रतिक्रिया दिएको थियो ।
त्यसअघि नेपालले लिम्पियाधुरा सहितको क्षेत्र नेपालको भएको नेपाल सरकारुले प्रष्ट्याएको थियो । पररराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै त्यसमा कुनै समस्या देखिए कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने जनाएको थियो ।
सम्बन्धित खबर
वरिष्ठ कलाकार सुनिल थापाको निधन
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण