इटहरी । बलात्कारको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी अहिले जिल्ला प्रहरी कार्यलय सुनसरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । यसअघि मुद्धा दर्ता भएन भन्दै प्रहरीको आलोचना भएको थियो ।
गिरीमाथि आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको आरोप लागेको थियो ।बलात्कार आरोप लगाउँने महिलाले आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाएकी थिईन् । उनले बलात्कारी गिरीलाई पक्राउ गर्न उजुरी दिदाँ प्रहरीले उजुरी लिन नमानेको समाचार बाहिरिएको थियो ।
घटनाको पाँच सातापछि मात्रै उजुरी परेकोले अनुसन्धान गर्न प्रहरीलाई केही असहज अनुमान लगाउन सकिन्छ । जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थाहा पाएसँगै ‘सिद्धबाबा’ले शुक्रबार बिहानै बिरामी परेको भन्दै विराटनगरस्थित एक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको स्रोतले दाबी गरेको छ ।
बलात्कार घटनाको उजुरी स्थानीय प्रहरी कार्यालयले लिन नमानेपछि ती महिला केन्द्रीय अनुसन्धान ब्यूरो पुगेकी थिइन् । ब्यूरोले जिल्लालाई नै फिर्ता पठाएपछि सुनसरीमा उजुरी दर्ता भएको हो ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष