काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न पर्ने भएपछि उनका दुई जना नातेदार मृगौला दिन तयार भएका छन् ।
प्रधानमन्त्री ओलीले प्रत्यारोपणका लागि आफ्ना नातेदारबाटनै मृगौला लिन चाहेपछि उनलाई अमेरिकामा रहेका भाञ्जा नाता पर्ने एक पुरुष र भाञ्जी नाता पर्ने एक महिला मृगौला दिन तयार भएका हुन् । मिर्गौला दिन तयार भएकी भाञ्जी बिहीबार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमै पुगेकी थिइन्। मिर्गौला दिन तयार भएपछि ओली र दुवै नातेदारको रगतको क्रस म्याचसमेत गरि सकिएको अस्पतालले जनाएको छ।
नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले ‘रिजेक्ट’ गरेसँगै प्रधानमन्त्री ओली नयां प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेपछि सम्भावित दाता खोज्न थालिएको थियो । चिकित्सकहरुले प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेमा कम्तीमा १० वर्षका लागि समस्या नपर्ने बताएसँगै ओली प्रत्यारोपण गर्ने निर्णयमा पुगेका हुन् ।
गत सोमबार राति अत्याधिक पेट दुखेसँगै पखाला लागेपछि मंगलबार बिहान महाजगञ्जस्थित मनमोहन कार्डियोथोरासिकमा प्रधानमन्त्रीलाई भर्ना गरिएको थियो । त्यसको केहि समयमै उनलाइ एपेन्डिसाइटिस भएको डाक्टरहरुले पत्तो लगाएछि आकस्मिक अप्रेशन गरिएको थियो ।
कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.उत्तमकृष्ण श्रेष्ठले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष