पूर्व युवराज पारस शाहले पोखरामा आफ्नो जन्म दिन मनाएका छन । पोखराको किंग लान्ज बारमा उनले ४८ औं आफ्नो जन्म दिन मनाएका हुन् ।
२०२८ साल पौष १५ गते जन्मिएका पारस पूर्व राजा ज्ञानेन्द्र शाह र कोमल शाह एकमात्र छोरा हुन् । पारस शाहको जन्मदिनको अवसरमा उनका छोराछोरीले पोखरामा गएर सरप्राइज पार्टी दिएका हुन् । शाहका छोरी पुर्णिका शाह, छोरा हृदयेन्द्र शाह, कृतिका शाह र शुभचिन्तकसँग पोखरामा जन्मदिन मनाएका हुन् । तर,शाहका धर्म पत्नी हिमानी शाह भने उपस्थित थिइनन् ।
परिवारबाट टाढिएर पारस व्यक्तिगत जीवन बिताइरहेका छन् । पारस यतिबेला आफूलाई पूर्व राजपरिवारका सदस्यभन्दा पनि सर्वसाधारणका जीवनका रुपमा प्रस्तुत हुदै गएका छन् । साथै, धर्मकर्ममा पनि लागेका छन् । पारसका पत्नी हिमानी, दुई छोरी र एक छोरा छन् । पारसको जन्मदिन मनाउन उनीसंग पछिल्लो समय नाम जोडिएका सोनीका रोकाय समेत उपस्थित भएकी थिइन् ।
पारसलाई छोरी पूर्णिका शाहले जन्मदिनको शुभकामना दिँदै लेखेकी छिन्– ‘कविहरु भन्छन् कि महान मान्छेको मुटु त्यत्तिकै नरम हुन्छ तर यो गलत देखिन्छ। जब महान मानिसहरू अरूको पीडामा नरम हुन्छन् ।’‘ उनले आफ्ना पिता पारस शाहलाई अरुको पीडामा नरम हुने महान व्यक्ति भएको उल्लेख गरेकी छिन् । उनले अरुको पीडामा सान्त्वना दिनसक्ने भनेकी छिन् ।
उनको ब्यक्तिगत ब्यवहार र स्वभावका कारण अहिले परिवारवाट टाढा छन् । काठमाडौंमै रहेर पनि उनी एक्लै बस्दै आएका छन् । परिवारबाट टाढिएर पारस अहिले व्यक्तिगत जीवन बिताइरहेका छन् । उनी आफूलाई पूर्व राजपरिवारको सदस्यभन्दा पनि सर्वसाधारणका रुपमा प्रस्तुत गर्दै आएका छन् । विभिन्न स्थानमा घुम्दै रमाइलो गर्दै जिवन बिताइरहेका पारसले आफु राजा हुन नभई साधु भएर बाँच्न चाहेको बताएका छन् ।
युट्युवर सोनिका रोकायसंगको सम्बन्धका कारण अहिले उनी सामाजिक सञ्जालमा चर्चित छन् । उनीहरुको सम्बन्धलाई लिएर टिकाटिप्पणी गरिएको छ । तर यि सब कुराले भने पारसलाई कुनै मतलब लागेको देखिदैन । पछिल्लो समय पारस सोनिका रोकायासँगको हिचमिचका कारण चर्चासँगै आलोचना समेत खेप्दै आएका छन् । उनीहरु प्राय सबै ठाउँमा घुम्न जाँदा संगै देखिन्छन् ।
पोखरामा सोनिकालाई मोटरसाइकलमा राखेर घुमाएको भिडियो बाहिरिएपछि उनीहरुको सम्बन्धका बारेमा चर्चा सुरु भएको हो । त्यसपछि पनि उनीहरु विभिन्न स्थानमा घुम्न जाँदा संगै देखिएका छन् । सोनिकाले पारसलाई लिएर भिडियो सामग्री समेत बनाउँदै आएकी छन् । तर उनीहरुले आफुहरु साथी मात्र भएको प्रतिकृया दिएका छन् ।
https://youtu.be/uuByJarYWgE
तस्विर: किङ लाउन्ज फेसबुक पेजबाट
सम्बन्धित खबर
विद्यालयमा बाढी पस्नुअघि नै विद्यार्थी निकालेँ, अन्तिममा म निस्केँः त्रिभुवन त्रिशूली मावि प्रअ दवाडी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन