२०७७ सालको दशैँ–तिहार २५ दिन पर धकेलियो

२०७७ सालको दशैँ–तिहार २५ दिन पर धकेलियो

dashai-076

काठमाडौं । विक्रम संवत् २०७७ सालको दशैं र तिहार २५ दिन पर धकेलिएको छ। नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार आउँदो वर्ष कात्तिक १ गते घटस्थापना परेको छ । यस्तै, फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको उनले बताएका छन् ।

यस्तै तिहार कात्तिक २८ गतेदेखि सुरु हुनेछ । २८ गते काग तिहार, २९ गते कुकुर तिहार र लक्ष्मी पूजा, ३० गते गोवर्द्धन तथा म्ह पूजा र भाइटीका मङ्सिर १ गते परेको गौतमले जानकारी दिए । मलमास नपरेको बेलामा दशैँ सामान्यतया असोज पहिलो हप्ता सुरु हुन्छ ।

मलमास कै कारण विवाहको लगनलाई समेत असर पारेको जनाइएको छ । आउँदो वर्ष विवाहको लगन करिब १५ दिन जति मात्रै छ। ब्रतबन्धको साइत जम्मा पाँच दिन मात्रै छ। २०७६ सालमा करिब ३० दिन साइत परेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ