नेपाल प्रहरीमा जागिर खुल्याे: १४९ इन्सेपक्टर, ५८४ असई

नेपाल प्रहरीमा जागिर खुल्याे: १४९ इन्सेपक्टर, ५८४ असई

काठमाडौं– नेपाल प्रहरीले जनपद समूहतर्फ १ सय ४९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र ५ सय ८४ जना प्रहरी सहायक निरीक्षक (असई) पदका लागि कर्मचारी माग गरेको छ । प्रहरीले प्रहरी निरीक्षकमा खुला ८०, अमर/अशक्त प्रहरी परिवार ३, महिला १३, जनजाति २१, मधेसी १८, दलित १० र पिछडिएको क्षेत्र ४ गरी १ सय ४९ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

यस्तै, प्रहरी सहायक निरीक्षक (असई)मा खुला ३ सय १५, अमर/अशक्त प्रहरी परिवार १२, महिला ५१, जनजाति ८२, मधेसी ७२, दलित ३९ र पिछडिएको क्षेत्र १३ गरी ५ सय ८४ जनाका लागि दरखास्त आह्वान गरिएको छ । यही माघ ५ गते बिहान १० बजेदेखि फागुन ११ गत साँझ ५ बजेसम्म सार्वजनिक बिदाका दिनबाहशेक अन्य दिन दरखास्त दिन सूचनामा उल्लेख छ। प्रहरी आह्वान दरखास्त आह्वान गरेका पदका लागि काठमाडौंमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट आवेदन दिन सकिने छ ।

उपत्यका बाहिर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, ३ नम्बर (बाग्मती) प्रदेश प्रहरी कार्यालय हेटौंडा, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट दरखास्त बुझाउन सकिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds