प्रधानमन्त्री केपी शर्मा ओलीले अझ सक्रिय भएर काम गर्न छिट्टै आफूले एउटा मिर्गौला फेर्न लागेको जानकारी दिएका छन् । मंगलवार साँझ बालुवाटारमा सम्पादकहरूसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले बाँकी तीनवर्षको कार्यकाल आफैंले पूरा गर्ने बताएका हुन् ।
‘पहिला प्रचण्डजी र मैले आलोपालो सरकारको नेतृत्व गर्ने भनेका थियौँ । तर प्रचण्डकै प्रस्तावमा राजनीतिक स्थायित्वका लागि मैले नै ५ वर्ष सरकार चलाउने सहमति भएको हो । बाँकी तीन वर्ष अझ धेरै खटिएर काम गर्नका लागि डायलासिस गरिरहनुको साटो एउटा मिगौला नै फर्न लागेको हुँ ।’ ओलीले भने । १३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले केही समययता मृगौलाको नियमित डायलासिस गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले अहिले विवादमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कुनै हालतमा अनुमोदन हुने बताए । ‘एमसीसीबाट आउने रकम विकासको लागि हो, शंका गर्नु पर्दैन, सम्झौता उचित छ’ उनले भने, ‘सम्झौता गर्नेबेला छलफल नगर्ने, पछि गर्ने पुरानै रोग हो । सम्झौता खराब छैन ।’
प्रधानमन्त्री ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकारको प्रतिबद्धतामा प्रश्न नगर्न आग्रह गरे । ‘प्रेस स्वतन्त्रता पूर्ण हुन्छ, रत्तिभर शंका नगर्दा हुन्छ,’ उनले भने, ‘तपाइहरू अरु बढी गर्नुहुन्छ । बलिङ गर्दा ब्याटिङ गरेको मात्र हो । धेरै टाउको दुखाउनु पर्दैन ।’ ओलीले अगाडि थपे, ‘म असिहष्णु भएँ होला, तपाईंहरू पनि त सहिष्णु देखिनुभएन । १४ वर्ष जेल बसेको मान्छे स्वतन्त्रताको अभाव कस्तो हुन्छ भन्ने मैले बुझेको छु ।’
प्रधानमन्त्री ओलीले कठीन परिस्थितिमा काम गरेको भन्दै केही गल्ती गरेको भए क्षमाप्राथी रहेको बताए । ‘कुनैपनि निर्णय गर्दा मिडिया, प्रतिपक्ष र दवाव समूहलाई सम्झिन्छु । सबैलाई सम्झेर काम गर्छु । यो कुरा बुझ्दिनु पर्यो,’ उनले भने ।
प्रधानमन्त्रीनिवास बालुवाटार नजिकैको ललिता निवास प्रकरणमा ओलीले दोषीमाथि सीबीआइ र अख्तियार कारवाही गर्ने बताए । ‘ललितानिवासको जग्गा सरकारले खोजी गर्दैछ । २०६१ सालमा भएको निर्णय अहिले सरकारले खोजेको हो । जो-जो दोषी देखिन्छ, अख्तियारले मुद्दा लगाउँछ,’ उनले भने ।
लालपूर्जा सही भएपछि जग्गा किनेको व्यक्तिलाई दोषी किटान गर्न नमिल्ने उनले बताए । ‘ललितानिवासको घटना बाहिर आएपछि मैले बालकोटको जग्गा सही छ कि छैन भनेर हेर्न पठाएँ, धन्य सही रहेछ,’ उनले भने, ‘अरुको जग्गा पनि गलत परेको हुन सक्छ ।’
सम्बन्धित खबर
समानुपातिक निर्वाचनको कार्यक्रम मंसिर २० देखि सुरु, बन्दसूची बुझाउने समय ३ दिन
यस्तो छ प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका, बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने
तेस्रोलिंगीको नेतृत्वमा समाजवादी समावेशी पार्टी दर्ताको निवेदन
प्रमुख सचेतक जिम्मेवारी सम्हालिसकेका सन्तोष परियारले छाडे रास्वपा
मतदाता दर्ताको म्याद ५ दिन थप, अनलाइन सुविधाले सहज तर सर्भर नचलेर हैरान
दल र नेतालाई स्थानहद तोकेर कस्तो चुनाव गर्न खोजेको हो?: ओली
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट