राजकिरण छत्कुली, हेटौंडा । मकवानपुरको हेटौंडाकी तेस्रो लिंगी अजिता भुजेलको हत्यामा संलग्न भएको आरोपमा ५ जना पक्राउ परेका छन् । हेटौंडा नगरपालिका-११, थानाभन्ज्याङमा सामूहिक यौन सम्पर्कपश्चात् पैसाको विवादमा हत्या भएको पनि खुलेको छ । पक्राउ पर्नेमा हेटौंडा-११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा-४ का २४ वर्षीय आशिष बल, हेटौंडा-१४ का २१ वर्षीय ह्याक्चर भनिने बुद्ध लामा, हेटौंडा-९ का १८ वर्षीय भापु भनिने सिमोन परियार र हेटौंडा-४ का २५ वर्षीय घन्टाउके भनिने सुशील थापामगर छन्।
हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, मकवानपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको मकवानपुरका एसपी सुशील सिंह राठाैरले जानकारी दिए। सिमोन परियार ना ६ ख ६५२७ नम्बरको आइचर ट्रकका परिचालक हुन् । उनै सिमोनले प्रहरीलाई हत्याको बेलिविस्तार लगाए ।

यसरी भयो हत्या
माघ ३ गते राति ९ बजे हापु भनेर चिनिने सिमोनले साहुलाई नसोधी मकवानपुरकै कमाने भन्ने ठाउँबाट ट्रक हाँकेर बसपार्क ल्याएका थिए। बसपार्कमा हापुले एक पसलबाट चुरोट किने । उनको घन्टाउके भन्ने सुशीलसँग भेट भयो। ‘आज जाडो छ। दुईजनाबीच कोही केटी खोजेर यौन सम्पर्क गरौं भन्ने सहमति भयो । त्यसपछि शुशिलले ट्रक चलाएर थानाभन्ज्याङ पुगे । त्यतिबेलासम्म राति १२ बजिसकेको थियो । त्यसपछि पूर्व(पश्चिम राजमार्गमा नै सो ट्रक साइड लगाए। सोही ठाउँमा उनीहरूले चिनेका थप दुई जना आशिष बल र ह्याक्चर भनिने बुद्ध लामा भेट भए। यसपछि उनीहरू चारै जना मिलेर यौन सम्पर्क गर्ने सल्लाह गरे।
घन्टाउके गाडीबाट झरे। तेस्रोलिंगी अजिता भुजेलसँग भेट भयो । घनटाउकेले नै सबै कुरा मिलाए । ७ हजार रुपैयाँमा चार जना मिलेर यौन सम्पर्क गर्ने सहमति गरे । त्यसपछि अजितालाई लिएर उनीहरू चारै जना ट्रकमा चढे। पालैपालो अजितासँग यौन सम्पर्क गरे। अजिताले पहिले भनेअनुसार ७ हजार रुपैयाँ मागिन्। पैसा नदिएपछि उनीहरूबीच विवाद भयो। त्यही विवादले उग्ररुप लिँदा घन्टाउके भनिने सुशीलले गाडीमा रहेको बिजुलीको तारले अजिताको घाँटी कसे। त्यसपछि चारै जनाले घाँटी थिचेर अजिताको हत्या गरे । हत्या गरेपछि घन्टाउकेले नै ट्रक चलाए। मृतक अजितालाई ट्रकमै राखेर उनीहरुले २ किलोमिटर टाढा क्याम्पा डाँडामा लगेर अजिताको शव फाले । उनीहरूले अजिताको हत्या गरेर शव फालिसक्दा रातको साढे १ बजिसकेको थियो।
हत्याको पोल खुलायो मोबाइलले
शंकास्पद अवस्थामा शव भेटिएको खबर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आएपछि प्रहरीले अनुसन्धान सुरु गर्यो । गत सोमबारसम्म प्रहरीले केहि सुईंको पाएन । अजिताको परिवारको अन्तर्वार्ता युट्युबमा छ्यापछ्याप्ती भइसकेको थियो । प्रहरी दबाबमा परिसकेको थियो । निल हिरा समाजले पनि चर्को दबाब दियो । तर सोमबार भने प्रहरीले महत्वपूर्ण क्लु पायो।
अजिताको मोबाइलमा अरुले नै सिमकार्ड हालेर प्रयोग गरेको प्रहरीको टेक्निकल टिमले पत्ता लगायो। सोही आधारमा प्रहरीले मृतक अजिताको मोबाइलमा सीम हालेर चलाउने एलिसालाई पक्राउ गर्यो। एलिसा आशिषकी प्रेमिका रहेको खुलेको छ । उनलाई मोबाइल आशिषले नै दिएका थिए । मोबाइल चलाउन थालेको केही मिनेटमै उनी पक्राउ परिन्। एलिसामार्फत् आशिषलाई प्रहरीले सोमबार नै पक्राउ गर्यो।
तर आशिषले अजिता हत्याबारे बताएनन्। मोबाइल मात्रै ह्याक्चर भनिने बुद्धले दिएको बताए। त्यसपछि प्रहरीले बुद्धलाई चितवनबाट पक्राउ गर्यो। बुद्धले भापु भन्ने सिमोन र घन्टाउके भन्ने सुशीलले दिएको बताएपछि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो। प्रहरीले अनुसन्धानकै लागि करिब २ सय ५० व्यक्तिसँग सोधपुछसमेत गरेको थियो।

सम्बन्धित खबर
सुकुम्बासी बस्तीमा डोजर चल्दै, बस्ती खाली गर्न प्रहरीको माइकिङ
उद्योगी शेखर गोल्छा पक्राउ
सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा साइबर अपराध रोक्न कठिन भयोः आइजीपी कार्की
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)