चार घण्टा बसेको ‘फुलकोर्ट’का यस्ता छन् पाँच निर्णय

चार घण्टा बसेको ‘फुलकोर्ट’का यस्ता छन् पाँच निर्णय

Supreme_Court_sarbochcha_adalat_sarbocha

सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले विचौलिया इनम सापकोटासँग जोडिएका विषयमा निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गर्नेसहित पाँच वटा निर्णय गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीशलाई लिएर आएका समाचारका विषयलाई लिएर सोमबार सर्वोच्चको पूर्ण बैठक बसेको हो। अहिले सञ्चार माध्यममा आइरहेका समाचारका विषयमा छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार श्रेत्रीले जनाएका छन्।

सर्वोच्चको पूर्ण बैठकले विभिन्न पाँच निर्णय गरेको छ। जसमा संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन आग्रह गरिएको छ।

‘संविधान र कानुनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिबछता हो। यसमा हामी अडिग र स्पष्ट छौं,’ पूर्ण बैठकको पहिलो निर्णयमा भनिएको छ, ‘संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गर्दछौं।’

यससँगै सर्वोच्चको पूर्ण बैठकले सार्वजनिक रुपमा प्रकाशित र प्रसारित विषयमा निष्पक्ष छानबिन गर्न पनि माग गरेको छ। दोस्रो निर्णयमा भनिएको छ, ‘सार्वजनिक रुपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमा बिना पूर्वाग्रह, निष्पक्ष एवं स्वतन्त्र ढंगबाट संविधान र कानुन बमोजिम छानबिन गरी सत्य, तथ्यसहितको निश्कर्ष यथाशिघ्र सार्वजनिक गर्न सम्बद्ध निकायलाई आग्रह गर्दछौं।’

विचौलिया सापकोटसँग जोडिएर आएका विषयमा हुने छानबिनमा सहयोग गर्ने पनि पूर्ण बैठकले निर्णय गरेको छ। ‘सञ्चार माध्यममा प्रकाशित तथा प्रसारण भइरहेका समाचारका सम्बन्धमा संविधान र कानुन बमोजिम हुने छानबिन र अनुसन्धानमा कानुन बमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहिता एवं सहयोग गर्ने कुरामा हामी प्रतिबद्ध छौं,’ तेस्रो निर्णयमा भनिएको छ।

यससँगै सर्वोच्चको पूर्ण बैठकले मातहतका सबै न्यायाधीश र कर्मचारीलाई न्यायकर्ममा विचलिन नभएर लाग्न पनि आग्रह गरेको छ। पूर्ण बैठकको पाँचौ निर्णयमा भनिएको छ, ‘प्रकाशित र प्रसारित समाचारबाट विचलित नभई सदा झैं न्यायिक कार्यमा क्रियाशील रहन सबै अदालतहरूमा कार्यरत सम्पूर्ण न्यायकर्मीहरूलाई आग्रह गर्दछौं।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ