किरण श्रेष्ठ, तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका भित्र पोथी चितुवा फलामको खोरमा परेको छ । शुक्रबार राती बन्दिपुर ४ स्थित लोहिपाखा सामुदायिक बनमा राखिएको फलामे खोरमा चितुवा परेको हो ।
करिब १० दिन अगाडी उक्त बनमा फलामको खोर राखिएको डिभिजन बन कार्यालय तनहुँमा प्रमुख केदार बरालले जानकारी दिए । शुक्रबार राती जिल्लामा सातौ चितुवा खोरमा परेको प्रमुख बरालले बताए । १० दिन अघि बन्दिपुर गाउँपालिका वडा नं. ४ लोहिपाखामा चितुवाको आक्रमणबाट १० वर्षिय इश्क सुनारको मृत्यु भएको थियो । चितुवाले बालक खाएपछी लोहिपाखामा पासो थापिएको फलामे खोरमा चितुवा परेको प्रमुख बरालले बताए ।

यसअघि भानु नगरपालिकाको विभिन्न बनमा राखिएको काठको खोरमा ५ वटा चितुवा परेका थियो । त्यसैगरि व्यास नगरपालिकामा गत पुष ९ गते पहिलोपटक व्यास नगरपालिका वडा नं. ९ मा पोथी चितुवा फलामे खोरमा परेको थियो । ‘हिजो फलामे खोरमा परेको चितुवा सातौ हो ।’ प्रमुख बरालले भने ’गत १० दिन अघि मात्रै सो क्षेत्रमा एउटा बालक चितुवाले खाएको थियो ।’
’चितुवा अन्दाजी ७ देखि ८ वर्षको र ३५ केजी जति तौल भएको देखिन्छ ।’ प्रमुख बरालले भने ’यो पोथी चितुवा हो र यसको जिल्ला बाहिर व्यवस्थापन गर्ने तयारि भईरहेको छ ।’
सो चितुवालाई कास्कीको पोखरा ३१ पच्भैया प्राणि उड्डानमा पठाउने तयारि भईरहेको प्रमुख बरालले बताए । उक्त चितुवा मान्छे खाने चितुवा हो या होइन त्यो भनेर अहिले नै एकिन हुन नसकेको डिभिजन बन प्रमुख बरालको भनाई छ । तर हेर्दा एकदम आक्रामक देखिने उनले बताए ।

तनहुँको भानु नगरपालिका हुदै आबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र बन्दिपुर गाउँपालिका क्षेत्रमा चितुवाले पछिल्लो समय आतंक मच्याएको छ ।
तनहुँमा नरभक्षी चितुवाले आतंक मच्चाईरहँदा कास्कीको पोखरामा समेत बालिकाको ज्यान लिएको छ । पोखरा महानगरपालिका ३२ काठेगाउँकी ७ वर्षीया बालिकाको विहीबार साँझ चितुवाले ज्यान लिएको हो । स्थानीय दीपक बिक र अप्सरा बिककी छोरी पूजालाई छिमेकीको घरबाट आफ्नो घर फर्कने क्रममा बाटैबाट चितुवाले लगेको स्थानीयले बताएका छन् ।
९ जनाको मृत्यु, ४ घाइते
जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमणबाट २ वर्षको अवधिमा ९ जना बालबालिकाले ज्यान गुमाएका छन । त्यस्तै ४ जना बालबालिका घाइते रहेको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए । अहिले सम्म ७ वटा चितुवा खोरमा परेका छन । तनहुँको भानु नगरपालिकाको विभिन्न बनमा चितुवाले आतंक मच्याएको थियो । तर अहिले उक्त स्थानमा शान्त रहेको छ ।
यी हुन चितुवाको आक्रमणबाट ज्यान गुमाउने ९ बालबालिका
तनहुँमा चितुवाको आक्रमणबाट २ वर्षको अवधिमा ९ जना बालबालिकाले ज्यान गुमाईसकेका छन । चितुवाको आक्रमणबाट विक्रम संवत् २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, विक्रम संवत् २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, विक्रम संवत् २०७५ मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा ७ वर्षीय ऋतिक रोकाको मृत्यु भएको छ ।
त्यस्तै २०७६ पुष १४ गते शुक्लागण्डकी-३ रातमाटाका २ वर्षीय रविन नेपाली, २०७६ पुष २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगर र २०७६ माघ १४ गते बन्दिपुर गाउँपालिका वडा नं. ४ लोहि पाखाका १० वर्षिय इश्क सुनारको मृत्यु भईसकेको छ ।
त्यस्तै २ वर्षको अवधिमा ४ जना बालबालिका चितुवाको आक्रमणबाट घाइते छन ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु