बहिनीलाई राति बाँसघारीमा भेटेको भन्दै तीन दाजुभाइ मिलेर मारिदिए

बहिनीलाई राति बाँसघारीमा भेटेको भन्दै तीन दाजुभाइ मिलेर मारिदिए

rautahat photo

भारतीय सीमासँग जोडिएका रौतहटको ईशनाथ नगरपालिका–८ मन्सरीका २० वर्षीय महमद एहतेसामुल हकको उनकै प्रेमिकाको तीन जना दाजु मिलेर हत्या गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको हो । हकको हत्यामा उनकै प्रेमिकाका दाजुहरु राजपुर नगरपालिका–६ कुडियाका ३१ वर्षीय असरफ अली, २६ वर्षीय असगर अली र २३ वर्षीय हैदर अली संलग्न रहेको प्रहरीले बताएको छ ।

कसरी भयो हत्या ?

घटना विवरण अनुसार माघ १५ गते साँझ एहतेसामुल हक आफ्नो घरबाट दिदीभिजानुलाई भेट्न मोतिपुर गएका थिए । भिनाजु कै मोटरसाईकल लिएर मोतिपुरबाट उनी सोही दिन राति करिब ८ बजे घर फर्किन निस्केका थिए । तर, २० गते बिहान ९ बजे राजपुर नगरपालिका–६, कुडिया गाउँदेखि ७०० मिटर पूर्वतर्फ भकुवा खोलामा उनको शव पानीमा घोप्टो परेको अवस्थामा भेटियो ।

एहतेसामुल१५ गते मोतिपुरबाट राति ८ बजे आफ्नो घर फर्कने क्रममा प्रेमिकालाई फोन गरी राजपुर नगरपालिका वडा–६ कुडिया गाउँको बाँसघारीमा बोलाएर भेटेका थिए । ती युवतीका दाजुुहरुले बाँसघारीमा राति बहिनीलाई एहतेसामुुल हकसँगै देखेपछि युवती घरतिर भागिन् भने त्यहाँबाट भागेका एहतेसामुललाई उनीहरुले लखेटेर नियन्त्रणमा लिएको बताइन्छ ।

एहतेसामुलको मोबाईल खोसेर उनीहरुले घाँटी थिची उनको हत्या गरेको र शवलाई खोलामा फालेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए ।

हत्याका आरोपी दुईजना पक्राउ परे पनि असरफ अली भने फरार रहेको पत्रकार सम्मेलनमा जनाईएको छ । पक्राउ परेका दुबैजनाले हत्या गरेको स्वीकार गरिसकेको डिएसपी कार्कीले बताए । फरार अर्का अभियुक्तको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

बहिनीले नै प्रहरीलाई खोलिदिइन् पोल

गत १५ गते रातिको घटनाको भोलिपल्ट प्रेमिकाले प्रेमीलाई फोन गर्दा उनको मोबाईल ‘स्विच अफ’ रहेको पाइन् ।

उनका दाजुभाईको पाईन्टमा हिलो लागेको र तोरीको फुल लागेको देखेर उनले एहतेसामुलको दिदीलाई फोन गरी उनको बारेमा सोधखोज गरेकी थिइन् । भोलिपल्ट अबेरसम्म पनि एहतेसामुल आफ्नो घर नपुगेको जानकारी पाएपछि प्रेमिकाले खोजतलासका लागि प्रहरीलाई जानकारी गराउन एहतेसामुलको दिदीमार्फत परिवारजनलाई भनेकी थिइन् ।

प्रहरी निरीक्षक नविन सिंह सहितको अनुसन्धान टोलीले सोही कुरोको सुइँको पाएर प्रेमिका र उनका दाजुुहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटना बाहिर आएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ