तनहुँ । तीनै तहको सरकार मिलेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साले बताए । तनहुँको दमौलीमा गत माघ २० गतेदेखि सुरु भएको महर्षी वेदव्यासको १०८ फिट अग्लो मुर्ति निर्माणार्थ भएको श्रीमद् भागवत विराट ज्ञान महायज्ञको समापन कार्यक्रममा सो कुरा बताएका हुन् ।
‘संस्कृति बिना पर्यटन प्रवर्द्धन र सम्वृद्धि सम्भव छैन ।’ मन्त्रि लम्सालले भने ‘गण्डकी प्रदेशको धार्मिक स्थल मध्ये तनहुँमा प्रशस्त स्थान रहेको छ ।’ धार्मिक स्थलको संरक्षण गर्न गण्डकी प्रदेश सरकारले १ करोड ६० लाख रुपैयाँ तनहुँलाई छुट्टाएको मन्त्रि लम्सालले बताए ।
‘धार्मिक पर्यटन बढाउन वेदव्यासओ मुर्ति बन्नुपर्छ ।’ मन्त्रि लम्सालले भने ‘प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्नेछौ ।’
दमौलीस्थित शिव पाञ्चायन मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको वेदव्यासको मूर्ति सहितको परियोजनालाई सहयोग रकम जुटाउन व्यास क्षेत्र शिव पाञ्चायन विकास समितिको आयोजनामा उक्त महायज्ञ भएको थियो । माघ २० गते देखि सुरु भएको महायज्ञमा अन्तिम दिन मंगलबारसम्म ३ करोड ५० लाख रकम संकलन भएको आर्थिक समितिका संयोजक मंगलप्रसाद श्रेष्ठले जानकारी दिए ।
उक्त क्षेत्रमा करिव ७२ रोपनी क्षेत्रफललाई समेटेर व्यासको मुख्य मूर्तिसहित २७ वटा साना व्यासका मूर्ति, प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, धर्मशाला, प्रवचन हल, योग हल, सङ्ग्रहालय, वृत्तचित्र हल, पुस्तकालय, शौचालय, बगैँचाको , पुजारी घर लगायतका भौतिक संरचना निर्माण गर्न योजना रहेको छ ।
व्यास क्षेत्रलाइ धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलका रुपमा विकास गर्न करिब ६४ करोडको लागतमा परियोजना निर्माण गर्न लागिएको कोषका अध्यक्ष अशोक कुमार श्रेष्ठले बताए । वेदव्यासको जन्मभूमि व्यास क्षेत्रलाइ धर्म र पर्यटनको सङ्गमस्थलका रुपमा विकास गर्न कोष लागिपरेको श्रेष्ठको भनाई छ । परियोजनामा १०८ फिटको व्यासको मूर्ति निर्माण गर्न जमिनको सतहबाट ४० फिट अग्लो र ८० फिट चाक्लो आधार तयार पारिने अध्यक्ष श्रेष्ठले बताए ।
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला