महरा छुटेपछि रोशनीले भनिन्ः ‘एम सरले न्याय पाउनुभयो, फसाउन खोज्नेहरु पराजित भए, म खुशी छु’

महरा छुटेपछि रोशनीले भनिन्ः ‘एम सरले न्याय पाउनुभयो, फसाउन खोज्नेहरु पराजित भए, म खुशी छु’

roshani shahi

पूर्वसभामुख कृष्णबहादुर महरा जवरजस्ती करणी उद्योग मुद्दामा सफाइ पाएर रिहा भएपछि बलात्कारको आरोप लगाएकी संसद सचिवालय कर्मचारी रोशनी शाहीले खुसी व्यक्त गरेकी छन् । सफाइ दिने काठमाडौँ जिल्ला अदालतको निर्णयप्रति उनले हर्ष प्रकट गरिन्।

महरा छुटेपछि शाहीलाई विभिन्न सञ्चारमाध्यमले प्रतिक्रिया मागेको थियो ।

उनले भनेकी छन्ः

‘महरा सरले न्याय पाउनुभएको छ, मैले पनि न्याय पाएकी छु । मैले असोज १५ गते नै भनिसकेकी थिएँ, महरा सर निर्दोष हुनुहुन्छ । अहिले उहाँ छुट्नु भएको छ । उहाँले ममाथि त्यस्तो कुनै गैरकानुनी काम गर्नुभएको थिएन । जसले दुख दिन, फसाउन खोजेका थिए, उनीहरु पराजित भएका छन् । राज्यले नै उहाँलाई दुख दिन लागिपरेको थियो । अदालतको फैसलाबाट दुख दिन खोज्नेहरु पराजित भएका छन् । म अस्वस्थ हुँदा बोलेको कुरा पछि होइन भन्दाभन्दै त्यही कुरालाई आधार बनाएर उहाँमाथि मुद्दा दर्ता गरियो षडयन्त्र यसैमा थियो । अब यसबारे मैले धेरै बोल्नु आवश्यक छैन। उहाँ छुट्नु भयो, खुसी लागेको छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ