सफाइ पाएपछि महराको वक्तव्यः ‘तथाकथित् आरोप खेपेँ, शुभेच्छुक सबैलाई धन्यवाद’ (विज्ञप्तीसहित)

सफाइ पाएपछि महराको वक्तव्यः ‘तथाकथित् आरोप खेपेँ, शुभेच्छुक सबैलाई धन्यवाद’ (विज्ञप्तीसहित)

krishna mahara

काठमाडौं । बलात्कार आरोप खेपेर डिल्लीबजार कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत, काठमाडौंबाट सफाइ पाए । उनले साँझ विज्ञप्ती जारी गर्दै आफ्ना प्रतिक्रिया सार्वजनिक पनि गरेका छन् । उनको विज्ञप्ती कुटनीतिक ढंगले आएको परिचर्चा सुरु भएको छ ।

विज्ञप्तीमा उनले मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकतामा रहने बताएका छन् । जेलबाट छुटेलगत्तै महराले ‘स्वाधीनताको रक्षा पहिलो प्राथमिकता भनेर एमसीसीतिर संकेत गरेको हुनसक्ने कतिपयको अनुमान छ । यद्यपि महराले वक्तव्यमा केही उल्लेख गरेका छैनन् ।

महरा पक्राउ परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमै अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदमा रोकेको आरोप लगाएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर कतिपयले एमसीसी रोकेकै कारण महरालाई फसाइएको दाबीसमेत गरेका थिए ।

रिहा भएको केही घन्टामा महराले दाङ–२ का सांसदको हैसियतमा वक्तव्य जारी गर्दै भनेका छन्ः ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ ।’

महराले ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको तर अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएको बताएका छन् । साथै, उनले आफूप्रति सद्भाव राख्ने सबैलाई धन्यवाद भनेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ