तनहुँ । तनहुँको डुम्रे स्थित एक होटल व्यवसायी माथि अपरिचित समूहले सांघातिक आक्रमण गरेको छ । गत शुक्रबार रातिको समयमा व्यवसायीमाथि होटलमै आक्रमण भएको हो ।
घाइते हुनेमा बन्दिपुर गाउँपालिका-४ डुम्रे स्थित डाँफे होटलका सञ्चालक लालकाजी गुरुङ रहेका छन् । फागुन २ गते राति आफ्नै होटलमा बसिरहेको अवस्थामा मोटरसाइकलमा आएका नचिनेको व्यक्तिहरुले व्यवसायी गुरुङमाथि रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।
पहिचान गर्न नसकिएको व्यक्तिको आक्रमणबाट गम्भीर घाइते भएका गुरुङको पोखरास्थित मनिपाल शिक्षण अस्पताल पश्चात् थप उपचारको लागि काठमाडौं स्थित अन्नपुर्ण न्यूरो अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी बिनोद सिलवालले जानकारी दिए ।
लोकदोहोरी गायक प्रकाश कटुवाल पक्राउ

यता पनि पिरलो, उता पनि पिरलो, चोरी खान पल्केको यो ढाडे बिरालोु जस्ता गीतका कारण चर्चामा आएका गायक प्रकाश कटुवाल विरुद्ध उजुरी परेको छ । होटल व्यवसायी गुरुङमाथि आक्रमण गरेको अभियोगमा सोमबार जिल्ला प्रहरी कार्यालय, तनहुँमा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको हो ।
जाहेरी दर्तासँगै गायक कटुवाललाई प्रहरीले गिरफ्तार गरि हिरासतमा राखेको एसपी सिलवालले बताए । आइतबार थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तनहुँले गायक कटुवाललाई बोलाएको थियो । सोमबार गायक कटुवाल विरुद्ध किटानी जाहेरी दर्ता भएपछि गायक कटुवाललाई पक्राउ गरी प्रहरी हिरासतमा राखेको प्रहरीले जनाएको छ । गायक कटुवालमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
शनिबार पोखरा जाने क्रममा गायक कटुवालकी श्रीमतीले डाँफे होटल अगाडि बान्ता गरेपछि सोही निहुँमा होटल सञ्चालक गुरुङ र गायक कटुवालबीच सामान्य भनाभन समेत भएको थियो । केही समय भनाभन भएपनि दुई पक्षबीच सहमती भई मिलापत्र समेत गरेर गायक पोखरा गएका थिए ।
सोहि दिन साँझ घरमा खाना खाई बसेका व्यवसायी गुरुङलाई मोटरसाईकलमा आएका दुई जना व्यक्तिले एक्कासी रडले आक्रमण गरेपछि सख्त घाईते भएका थिए ।
आक्रमणपछि व्यवसायी गुरुङको टाउकोमा गम्भिर चोट लागेको र अचेत अवस्थामा रहेको क्षेत्रीय होटल व्यवसायीहरुको भनाई छ । आक्रमणको क्रममा गुरुङको श्रीमती समेतको हात भाँचिएको होटल व्यवसायीले जनाएका छन् ।
आफ्नै होटलमा आक्रमण गरेर भाग्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै क्षेत्रीय होटल संघ, तनहुँले विज्ञप्ति जारी गरेको छ ।

पछिल्लो समय गायक प्रकाश कटवाल नायिका प्रियंका कार्कीको एयरपोर्ट काण्डबाट पनि विवादित बनेका थिए । उनले अपाच्य शब्दमा तीज गीतका नाममा बजारमा सांगीतिक कोशेली प्रस्तुत गर्दै आएका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु