‘भोलि नेपाल बन्द छैन, भ्रममा नपरौं’ : विप्लव माओवादी समर्थित अखिल क्रान्तिकारी (विज्ञप्तीसहित)

‘भोलि नेपाल बन्द छैन, भ्रममा नपरौं’ : विप्लव माओवादी समर्थित अखिल क्रान्तिकारी (विज्ञप्तीसहित)

BIPLAB

नेत्र विक्रम चन्द विप्लव समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले जारी गरेको विज्ञप्तीमा नेपाल बन्दको कार्यक्रम छैन ।

भोलि नेपाल बन्दको हल्ला चलेपनि बन्दको कार्यक्रम हाललाई नरहेको संगठनको विज्ञप्तीमार्फत बुझ्न सकिन्छ । १० दिने विरोध कार्यक्रममा बुधबार ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

विप्लव निकट विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा पनि आजसम्म प्रचार प्रसार, ७ गते ज्ञापनपत्र बुझाउने, ८ गते कोणसभा, ११ गते अन्तरक्रिया, १२ गते विरोध प्रदर्शन, १३ गते मशाल जुलुस र १४ गते आम शैक्षिक हडताल गर्ने कार्यक्रम रहेको उल्लेख छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ