प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफु जन्मदिन मनाउन तेह्रथुम पुग्दा जनता खुसी भएको देखेर पत्रकार दुःखी भएको बताएका छन् । पुस्तौंदेखि काकाकुल बनेको पाँचथरको यासुक र रानीगाउँ पुगेर खानेपानी आयोजनाको शिलन्यास गर्दा जनता खुसी भएको उल्लेख गर्दै उनले भने, ‘जनता खुशी भएको देखेर पत्रकार धुरुधुरु रोए ।’
ती गाउँमा ३ हजार ३ सय ४३ घर परिवारलाई खान पुग्ने खानेपानी आयोजनाको शिलान्यास गरिएका कारण त्यहाँका जनता खुशी भएको दावी प्रधानमन्त्री ओलीको थियो । ‘‘मेरो जन्मदिन पनि परेकाले केक काटियो,’ उनले भने, ‘त्यो केक खाएको पत्रकारले देखिसहेनन् ।’
पत्रकारले त्यो कार्यक्रममा ‘स्थानीय जनताले कति रकमको भात खाए ?’ भन्ने समेत हिसाब गरेको भन्दै उनले आक्रोस पोखे । जन्मदिनमा कसैले केक, कसैले माछामासु, कसैले अन्डा, कसैले रक्सी ल्याएको ओलीले बताए । ‘म नेवारको ज्वाइँ हो, ऐलामात्र ल्याउ भन्न मिलेन,’ प्रधानमन्त्री ओलीले भने,‘कसले के–के ल्याए। मैले ती सबैको मूल्य कति पर्छ भनेर सोध्न मिलेन। सबै कुरा छोइदिएँ।’
नाकाबन्दी भएको बेला चुप लागेर बस्नेहरु अहिले केक काट्दा उफ्रिएको भन्दै ओलीले आक्रोश पोखे । ‘हिजो नाकाबन्दी हुँदा नाकाबन्दीसमेत भन्न नसक्नेहरु अहिले केक राष्ट्रवादी भएका छन् । यसरी कांग्रेसले राजनीति गर्छु भन्ने ठानेको छ भने बेकारको कुरा हो’ ओलीले भने ।
प्रधानमन्त्री ओलीको जन्म दिनमा नेपालको नक्सा अंकित केक काटिएको भन्दै चर्को आलोचना भएको थियो ।
बाँस्कोटालाई फसाइयो
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालाई सुनियोजित रुपमा फसाइएको बताएका छन् । नेकपाद्वारा आयोजित बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण तथा भेलामा ओलीले सार्वजनिक भएको अडियोमा बोल्ने व्यक्ति स्वीस एम्बेसीले हाम्रो मान्छे होइन भनिसकेको बताए ।
बाँस्कोटाले पनि त्यसमा आफ्नो संलग्नता छैन भनिसकेको र स्वीस एम्बेसीको कुरा जोड्दै ओलीले उनको बचाउ गरेका थिए । नाम जोडेर अडियो सार्वजनिक भए लगत्तै बाँस्कोटाले नैतिकताको आधारमा राजिनामा दिएर राम्रो काम गरेको ओलीले बताए ।
‘मेरो नाममा पनि उजुरी परेको सुनेको छु,’ उनले प्रश्न गर्दे भने, ‘कत्रो उजुरी परेको छ ? त्यो उजुरीको कुनै काम छैन ।’
सम्बन्धित खबर
गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान
विद्यार्थीले आन्दोलन थालेपछि शिक्षामन्त्रीले भने– कक्षा १२ को नतिजामा त्रुटि छैन
‘प्रदेश खारेजको नीति लिएर रास्वपाले समाजमा राजनीतिक द्वन्द्वको बीउ नरोपोस्’
ग्रिनेड पड्किँदा सैनिक हवल्दारको मृत्यु, एक घाइते
रास्वपाका नेता, कार्यकर्ता महाधिवेशन नसकिँदै चितवन छाड्न थाले, महाधिवेन भद्रगोल
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्