बलात्कार आरोपी सिद्धबाबाद्वारा सुनसरी अदालतमा आत्मसमर्पण, कारागार चलान गर्ने तयारी

बलात्कार आरोपी सिद्धबाबाद्वारा सुनसरी अदालतमा आत्मसमर्पण, कारागार चलान गर्ने तयारी

siddha baba

काठमाडौं । अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् ।

जिल्ला अदालत, सुनसरीमा उनले आत्मसमर्पण गरेका हुन् । उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो ।

आदेश अनुसार उनलाई कारागार चलान गर्ने तयारी भइरहेको सुनसरी प्रहरीका एक अधिकृतले बताए ।

अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा फैसला आउने छनक पाएपछि उनी भारततिर भागेका थिए ।

यसअघि १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, बिराटनगर पुगेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ