काठमाडौं । टेकु अस्पतालबाट फरार व्यक्ति कोराना संक्रमित नभएको पुष्टि भएको छ । अस्पतालको क्वारेन्टाइनमा राखिएका एक व्यक्ति भागेका हुन्, तर उनी कोरोना संक्रमित नभएको टेकु अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिए ।
अस्पतालका डा. बास्तोलाका अनुसार हालै मात्र दक्षिण कोरियाबाट आएका सुनसरी घर भएका ती व्यक्ति मंगलबार अस्पताल आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चेकजाँच गर्दा ज्वरो आएको नपाइएपछि उनलाई थप चेकजाँच गरिएन ।
तर मंगलबार उनी आफैं टेकु अस्पताल पुगे । चेकजाँच गर्दा कोरोना संक्रमण भएको लक्षण नदेखिएपछि चिकित्सकहरुले परामर्श दिएर घर पठाएका थिए ।
‘बुधबार फेरि मलाई कोरोना भाइरस लागेको छ, मलाई बचाउनुस् भन्दै आउनुभयो’ अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले भने, ‘चेकजाँच गर्दा त्यस्तो लक्षण देखिएन ।’ तर उनी एकदमै आत्तिएका कारण उपचार गर्छौ नआत्तिनुस् भनेर क्वारेन्टाइनमा बस्न आग्रह गरिएको डा. बास्तोलाको भनाइ छ ।
त्यसअनुसार उनी क्वारेन्टाइनमा बसे । तर बिहीबार विहानै उनी अस्पतालबाट सुटुक्क हिँडेको पाइएको छ । त्यसपछि अस्पतालले खोजी गरिदिन प्रहरीलाई पनि आग्रह गरेको थियो ।
उनी त्रिभुवन विमानस्थलबाट घर जान लागेको पाइएको छ र अस्पतालको सम्पर्कमा आएका छन् । उनी कोरोना संक्रमणको आशंका गरिएका व्यक्ति नभएको टेकु अस्पतालका प्रवक्ता डा. बास्तोलाले जानकारी दिए ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ