काठमाडौं । टेकु अस्पतालबाट फरार व्यक्ति कोराना संक्रमित नभएको पुष्टि भएको छ । अस्पतालको क्वारेन्टाइनमा राखिएका एक व्यक्ति भागेका हुन्, तर उनी कोरोना संक्रमित नभएको टेकु अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले जानकारी दिए ।
अस्पतालका डा. बास्तोलाका अनुसार हालै मात्र दक्षिण कोरियाबाट आएका सुनसरी घर भएका ती व्यक्ति मंगलबार अस्पताल आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चेकजाँच गर्दा ज्वरो आएको नपाइएपछि उनलाई थप चेकजाँच गरिएन ।
तर मंगलबार उनी आफैं टेकु अस्पताल पुगे । चेकजाँच गर्दा कोरोना संक्रमण भएको लक्षण नदेखिएपछि चिकित्सकहरुले परामर्श दिएर घर पठाएका थिए ।
‘बुधबार फेरि मलाई कोरोना भाइरस लागेको छ, मलाई बचाउनुस् भन्दै आउनुभयो’ अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले भने, ‘चेकजाँच गर्दा त्यस्तो लक्षण देखिएन ।’ तर उनी एकदमै आत्तिएका कारण उपचार गर्छौ नआत्तिनुस् भनेर क्वारेन्टाइनमा बस्न आग्रह गरिएको डा. बास्तोलाको भनाइ छ ।
त्यसअनुसार उनी क्वारेन्टाइनमा बसे । तर बिहीबार विहानै उनी अस्पतालबाट सुटुक्क हिँडेको पाइएको छ । त्यसपछि अस्पतालले खोजी गरिदिन प्रहरीलाई पनि आग्रह गरेको थियो ।
उनी त्रिभुवन विमानस्थलबाट घर जान लागेको पाइएको छ र अस्पतालको सम्पर्कमा आएका छन् । उनी कोरोना संक्रमणको आशंका गरिएका व्यक्ति नभएको टेकु अस्पतालका प्रवक्ता डा. बास्तोलाले जानकारी दिए ।
सम्बन्धित खबर
तेस्रोलिंगीको नेतृत्वमा समाजवादी समावेशी पार्टी दर्ताको निवेदन
प्रमुख सचेतक जिम्मेवारी सम्हालिसकेका सन्तोष परियारले छाडे रास्वपा
मतदाता दर्ताको म्याद ५ दिन थप, अनलाइन सुविधाले सहज तर सर्भर नचलेर हैरान
दल र नेतालाई स्थानहद तोकेर कस्तो चुनाव गर्न खोजेको हो?: ओली
आन्दोलनका जलाइएकी मेरी श्रीमतीको उपचार राज्यको दायित्व होइन भने कसको हो ?: झलनाथ खनाल
मधेसमा सभामुखको पाँच सांसद पदमुक्त गर्ने निर्णय उपसभामुखले गरिन् बदर
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट