काठमाडौं । बुधबार मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको र प्रत्यारोपित मिर्गौलाले काम गर्न थालेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
बिहीबार अस्पतालमा कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक पनि राम्रो रहेको जानकारी दिए । ‘उहाँलाई आजदेखि तरल तथा नरम आहार दिन सुरु गरिएको छ’ अस्पतालको विज्ञप्तिमा भनिएको छ ।
अस्पतालका अनुसार प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति स्थिर रहेको र उनलाई पनि तरल र नरम खानेकुरा दिन थालिएको छ ।
प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको शुभकामना प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, भुटानका प्रधानमन्त्री, जापानका प्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
चीन, जापान र पाकिस्तानका नेपालस्थित राजदूतले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । ‘देशभरी प्रधाननमन्त्रीको सफल प्रत्यारोपणका कारण खुशी उत्साह र उमंग छाएको छ’ उनले भने ।
सम्बन्धित खबर
विद्यालयमा बाढी पस्नुअघि नै विद्यार्थी निकालेँ, अन्तिममा म निस्केँः त्रिभुवन त्रिशूली मावि प्रअ दवाडी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन