प्रधानमन्त्री ओली खतरामुक्त, एक हप्ताभित्र अस्पतालबाट डिस्चार्ज गरिने

प्रधानमन्त्री ओली खतरामुक्त, एक हप्ताभित्र अस्पतालबाट डिस्चार्ज गरिने

pm-oli

काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

उनको उपचारमा संलग्न चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीलाई एक हप्ताभित्र त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेको जानकारी दिइन् ।

‘त्यसपछि उहाँले बालुवाटारमै बसेर सामान्य भेटघाट गर्न सक्नुहुन्छ’ डा. साहले भनिन् । बाहिरको कार्यक्रममा भने एक महिनासम्म नजानु उपयुक्त हुने उनले बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ