काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा बुधबार दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्ररुपले सुधार भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपणपछि उनका प्रमुख सल्लाहकार विष्णु रिमालसँग टेलिफोन सम्वादमा उनले भने, ‘साथीहरुलाई भनिदिनुस्, मेरो स्वास्थ्यमा तीव्ररुपले सुधार भईरहेको छ, छिटै काममा फर्किनेछु ।’
प्रधानमन्त्री ओलीले आफूसँग मुलुकमा के भइरहेको छ र कसरी काम भइरहेको छ भन्नेबारे जिज्ञासा राखेको रिमालले बताए ।
जवाफमा रिमालले सबै कुरा सिस्टमबाट नै सामान्य रुपमा चलिरहेको भन्दै मुलुकको बारे चिन्ता नगरी चाँडो स्वास्थ्यलाभ गरी नियमित काममा फर्कन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र चिन्ता लिनुपर्ने अवस्था नरहेको बताउँदै ‘समूहमा बसेको भए मोबाइल ह्यान्ड्स फ्रि गरेर सबैलाई बोली सुनाइदिन’ भनेका थिए ।
रिमालले प्रधानमन्त्री ओलीलाई आफू चिकित्सकहरुसँग रहेको र फोनमा भएको वार्तालापबारे सबैलाई जानकारी गराउने आश्वासन दिएका थिए ।
प्रधानमन्त्री ओलीले शुक्रबार बिहान जाउलो खाएको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीलाई बिहीबार बिहानदेखि नै चिया तथा नरम खानेकुरा खुवाउन सुरु गरिएको उनको उपचारका संलग्न चिकित्सकले बताएका छन् ।
सम्बन्धित खबर
गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान
विद्यार्थीले आन्दोलन थालेपछि शिक्षामन्त्रीले भने– कक्षा १२ को नतिजामा त्रुटि छैन
‘प्रदेश खारेजको नीति लिएर रास्वपाले समाजमा राजनीतिक द्वन्द्वको बीउ नरोपोस्’
ग्रिनेड पड्किँदा सैनिक हवल्दारको मृत्यु, एक घाइते
रास्वपाका नेता, कार्यकर्ता महाधिवेशन नसकिँदै चितवन छाड्न थाले, महाधिवेन भद्रगोल
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्