पोखरामा रहेका दोहोरी साँझमध्ये फराकिलो, सफा, ग्राहकमैत्री दोहोरी साँझका रुपमा गाउँशहर दोहोरी साँझले आफूलाई अगाडि सारेको छ । पोखराको चिप्लेढुंगा स्थित आरके बिल्डिङमा गत साउन तेस्रो हप्तादेखि नै सेवा सुरु गरेको दोहोरी साँझले सप्ताहव्यापी रुपमा औपचारिक शुभारम्भ गरेको छ ।
यही फागुन २१ गतेदेखि २७ गतेसम्म श्रष्टा सम्मान लगायतका कार्यक्रम गरिरहेको सञ्चालक दिनेश केसीले जानकारी दिए । विदेश तथा स्वदेशमा श्रम गरी आफूलाई व्यवसायीका रुपमा उभ्याइसकेका युवा व्यवसायीहरु चन्द्र बहादुर गुरुङ, दिनेश केसी, डम्बर गुरुङ, निशान केसी र सुमन केसीले झण्डै सवा करोड लगानी गरी यो दोहोरी साँझलाई अगाडि बढाएका हुन् ।
दोहोरी साँझमा नियमित गायकगायिकामा सुमन केसी, भानु पौडेल, कृष्ण पौडेल, राज विश्वकर्मा तथा कृष्णा गुरुङ, काजल गुरुङ, कल्पना खड्का, रेश्मा तामाङ, निरु पुन, मिरा थापा मगर, ऋतु सुनार, उर्मिला बुढा ‘प्रिति’, सिमरन ‘बुनु’ रहेका छन् ।

आकर्षक रुपमा डेकोरेशन गरिएको दोहोरी साँझमा पुगेर गायकगायिकासँग गीत र नृत्यमा झुमेर दिनभरीका थकान मेट्न सकिने ठाउँ बनेको छ गाउँशहर दोहोरी साँझ ।
शुभारम्भका अवसरमा श्रष्टाहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, दुर्गा गुरुङ, जीवन दाहाल, तारानाथ आचार्य, शंकर विरही गुरुङ, चोलेन्द्र पौडेल, सुरेन्द्र गुरुङ, राजन कार्की, टेक क्षेत्रीलाई नेपाली लोकदोहोरी क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान समेत गरिरहेको छ ।

शुभारम्भका अवसरमा ग्राहकका लागि कम्प्लिमेन्ट्रीको व्यवस्था राखिएको छ । एकैपटक डेढ सय जनालाई सेवा प्रदान गर्न सक्ने सञ्चालक केसीले बताए ।







सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?