पोखरामा रहेका दोहोरी साँझमध्ये फराकिलो, सफा, ग्राहकमैत्री दोहोरी साँझका रुपमा गाउँशहर दोहोरी साँझले आफूलाई अगाडि सारेको छ । पोखराको चिप्लेढुंगा स्थित आरके बिल्डिङमा गत साउन तेस्रो हप्तादेखि नै सेवा सुरु गरेको दोहोरी साँझले सप्ताहव्यापी रुपमा औपचारिक शुभारम्भ गरेको छ ।
यही फागुन २१ गतेदेखि २७ गतेसम्म श्रष्टा सम्मान लगायतका कार्यक्रम गरिरहेको सञ्चालक दिनेश केसीले जानकारी दिए । विदेश तथा स्वदेशमा श्रम गरी आफूलाई व्यवसायीका रुपमा उभ्याइसकेका युवा व्यवसायीहरु चन्द्र बहादुर गुरुङ, दिनेश केसी, डम्बर गुरुङ, निशान केसी र सुमन केसीले झण्डै सवा करोड लगानी गरी यो दोहोरी साँझलाई अगाडि बढाएका हुन् ।
दोहोरी साँझमा नियमित गायकगायिकामा सुमन केसी, भानु पौडेल, कृष्ण पौडेल, राज विश्वकर्मा तथा कृष्णा गुरुङ, काजल गुरुङ, कल्पना खड्का, रेश्मा तामाङ, निरु पुन, मिरा थापा मगर, ऋतु सुनार, उर्मिला बुढा ‘प्रिति’, सिमरन ‘बुनु’ रहेका छन् ।

आकर्षक रुपमा डेकोरेशन गरिएको दोहोरी साँझमा पुगेर गायकगायिकासँग गीत र नृत्यमा झुमेर दिनभरीका थकान मेट्न सकिने ठाउँ बनेको छ गाउँशहर दोहोरी साँझ ।
शुभारम्भका अवसरमा श्रष्टाहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, दुर्गा गुरुङ, जीवन दाहाल, तारानाथ आचार्य, शंकर विरही गुरुङ, चोलेन्द्र पौडेल, सुरेन्द्र गुरुङ, राजन कार्की, टेक क्षेत्रीलाई नेपाली लोकदोहोरी क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान समेत गरिरहेको छ ।

शुभारम्भका अवसरमा ग्राहकका लागि कम्प्लिमेन्ट्रीको व्यवस्था राखिएको छ । एकैपटक डेढ सय जनालाई सेवा प्रदान गर्न सक्ने सञ्चालक केसीले बताए ।







सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर