तनहुँ । झण्डै एक महिनादेखि जिल्ला प्रहरी कार्यालय, तनहुँको हिरासतमा रहेका लोकदोहोरी गायक प्रकाश कटुवाललाई अदालतले थुनामा राख्न आदेश दिएको छ । तनहुँ जिल्ला अदालतले शुक्रबार पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो । गायक कटुवाल गत फागुन ५ गतेदेखि नै प्रहरी हिरासतमा छन् ।
गत फागुन २ गते तनहुँको डुम्रे स्थित डाँफे होटलका सञ्चालक लालकाजी गुरुङलाई अचेत हुने गरी टाउकोमा रड प्रहार गरेको घटनामा गायक कटुवालको संलग्नता रहेको भन्दै किटानी जाहेरी परेपछि उनी प्रहरी नियन्त्रणमा छन् । राति आफ्नै होटलमा बसिरहेको अवस्थामा मोटरसाइकलमा आएका नचिनेको व्यक्तिहरुले व्यवसायी गुरुङमाथि रड प्रहार गरेको थियो । गम्भीर घाइते भएका गुरुङको पोखरास्थित मनिपाल शिक्षण अस्पताल पश्चात् थप उपचारको लागि काठमाडौं स्थित अन्नपुर्ण न्यूरो अस्पतालमा लैजानुपरेको थियो ।
पोखरा जाने क्रममा गायक कटुवालकी श्रीमतीले डाँफे होटल अगाडि बान्ता गरेपछि सोही निहुँमा होटल सञ्चालक गुरुङ र गायक कटुवालबीच सामान्य भनाभन समेत भएको थियो । केही समय भनाभन भएपनि दुई पक्षबीच सहमती भई मिलापत्र समेत गरेर गायक पोखरा गएका थिए । सोहि दिन साँझ घरमा खाना खाई बसेका व्यवसायी गुरुङलाई मोटरसाईकलमा आएका दुई जना व्यक्तिले एक्कासी रडले आक्रमण गरेपछि सख्त घाईते भएका थिए ।
आक्रमणपछि व्यवसायी गुरुङको टाउकोमा गम्भिर चोट लागेको र अचेत अवस्थामा पुगेका थिए भने गुरुङकी श्रीमती समेतको हात भाँचिएको थियो ।
गायक प्रकाश कटवाल विवादित गायक हुन् । नायिका प्रियंका कार्कीको एयरपोर्ट काण्डबाट पनि उनी थप विवादित बनेका थिए । उनले अपाच्य शब्दमा तीज गीतका नाममा बजारमा सांगीतिक कोशेली प्रस्तुत गर्दै आएका छन् । यता पनि पिरलो, उता पनि पिरलो, चोरी खान पल्केको यो ढाडे बिरालो जस्ता गीत उनकै हो ।
डुम्रेका होटल व्यवसायी गुरुङमाथि रड प्रहार, गायक प्रकाश कटुवाल प्रहरी हिरासतमा
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस