तनहुँ । झण्डै एक महिनादेखि जिल्ला प्रहरी कार्यालय, तनहुँको हिरासतमा रहेका लोकदोहोरी गायक प्रकाश कटुवाललाई अदालतले थुनामा राख्न आदेश दिएको छ । तनहुँ जिल्ला अदालतले शुक्रबार पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो । गायक कटुवाल गत फागुन ५ गतेदेखि नै प्रहरी हिरासतमा छन् ।
गत फागुन २ गते तनहुँको डुम्रे स्थित डाँफे होटलका सञ्चालक लालकाजी गुरुङलाई अचेत हुने गरी टाउकोमा रड प्रहार गरेको घटनामा गायक कटुवालको संलग्नता रहेको भन्दै किटानी जाहेरी परेपछि उनी प्रहरी नियन्त्रणमा छन् । राति आफ्नै होटलमा बसिरहेको अवस्थामा मोटरसाइकलमा आएका नचिनेको व्यक्तिहरुले व्यवसायी गुरुङमाथि रड प्रहार गरेको थियो । गम्भीर घाइते भएका गुरुङको पोखरास्थित मनिपाल शिक्षण अस्पताल पश्चात् थप उपचारको लागि काठमाडौं स्थित अन्नपुर्ण न्यूरो अस्पतालमा लैजानुपरेको थियो ।
पोखरा जाने क्रममा गायक कटुवालकी श्रीमतीले डाँफे होटल अगाडि बान्ता गरेपछि सोही निहुँमा होटल सञ्चालक गुरुङ र गायक कटुवालबीच सामान्य भनाभन समेत भएको थियो । केही समय भनाभन भएपनि दुई पक्षबीच सहमती भई मिलापत्र समेत गरेर गायक पोखरा गएका थिए । सोहि दिन साँझ घरमा खाना खाई बसेका व्यवसायी गुरुङलाई मोटरसाईकलमा आएका दुई जना व्यक्तिले एक्कासी रडले आक्रमण गरेपछि सख्त घाईते भएका थिए ।
आक्रमणपछि व्यवसायी गुरुङको टाउकोमा गम्भिर चोट लागेको र अचेत अवस्थामा पुगेका थिए भने गुरुङकी श्रीमती समेतको हात भाँचिएको थियो ।
गायक प्रकाश कटवाल विवादित गायक हुन् । नायिका प्रियंका कार्कीको एयरपोर्ट काण्डबाट पनि उनी थप विवादित बनेका थिए । उनले अपाच्य शब्दमा तीज गीतका नाममा बजारमा सांगीतिक कोशेली प्रस्तुत गर्दै आएका छन् । यता पनि पिरलो, उता पनि पिरलो, चोरी खान पल्केको यो ढाडे बिरालो जस्ता गीत उनकै हो ।
डुम्रेका होटल व्यवसायी गुरुङमाथि रड प्रहार, गायक प्रकाश कटुवाल प्रहरी हिरासतमा
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’