तनहुँ । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको (कोभिड-१९)को रोकथामका र नियन्त्रणमा उच्च सतर्कताका लागि आँबुखैरेनी गाउँपालिकाले आइतबार स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ ।
गण्डकी प्रदेशको प्रवेशद्वार समेत रहेको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पुलजीपमा सहायता कक्षा निर्माण गरेको हो ।
सहायता कक्षामा २ जना स्वास्थ्यकर्मीहरु बसेर जनचेतनामुलक सन्देश प्रदान गर्ने र सावुनपानीले हात धुन सिकाउने कार्य गरेका छन् । सो कार्यक्रमको उद्घाटन आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले सावुनपानीले हात धोएर गरेका छन ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले कोरोनो भाईरस (कोभिड-१९) ले विश्वभर धैरे व्यक्तिहरुको ज्यान लिईसकेको हुँदा मृतकको आत्माको शान्तीको कामना गर्दै यस्ता रोग लाग्नबाट सजग रहनका लागि सम्पूर्णलाई अनुरोध गरेका थिए ।
उक्त कार्यक्रममा २ जना स्वास्थ्यसँग सम्बन्धीत कर्मचारीलाई सहायता केन्द्रमा १५ दिन राखिने गाउँपालिकाले जनाएको छ । उक्त कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, योजनाअधिकृत, स्वास्थ्य संयोजक, सूचना अधिकारी लगायतको उपस्थित रहेको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु