धादिङका बिरामीलाई नेपाल नेशनल अस्पताल, कलङ्कीमा १५ प्रतिशत छुट

धादिङका बिरामीलाई नेपाल नेशनल अस्पताल, कलङ्कीमा १५ प्रतिशत छुट

national-hospital dhading

काठमाडौँ- नेपाल नेशनल अस्पताल कलङ्कीले धादिङका विरामीलाई उपचारमा १५ देखि २० प्रतिशत छुट दिने भएको छ ।

अस्पतालले धादिङका सांसद खेमप्रसाद लोहनीको उपस्थितीमा ज्यामरुङ जनकल्याण समाज धादिङसँग सम्झौता गरेको हो । कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडेल र समाजका अध्यक्ष कृष्णमान श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

हस्ताक्षरसँगै चैत १ देखि धादिङका बिरामीले उपचार सेवामा छुट पाउने भएका छन् । उपचार छुटका लागि विरामीले धादिङ जिल्ला स्थायी ठेगाना भएको कुनैपनि परिचयपत्र देखाए पुग्ने भएको छ ।

छोटो समयमा नै नेपाल नेशनल अस्पताल कलंकीले आधुनिक प्रविधिको प्रयोग गर्दै दक्ष,अनुभवि चिकित्सक तथा नर्सहरुद्धारा न्युन शुल्कमा प्रभावकारी उपचार सेवा दिदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds