घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मुल्य

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मुल्य

Petrol-diesel-prices-hiked

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २–२ रुपयाँका दरले मूल्य घटाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरिएको निगमले जनाएको छ।

अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ।

निगमका अनुसार घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने छ ।

दुई साताअघि पनि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds