काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको मृत्यु भएको भन्दै झुटो प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो । उनले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका छन् ।
कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ भने नेपालमा पनि उच्च जोखिममा छ । तर कोरोना संक्रमणको पुष्टि भएको, मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरु पनि सक्रिय भएको पाइएको छ ।
यस्ता अनर्गल प्रचारबारे नेपाल प्रहरीको ध्यानाकर्षण भएको र दोषीलाई पक्राउ गरी कारबाही गरिने प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताएका छन् ।
साइबर ब्युुरोका एसएसपी नविन्द अर्यालले पनि मगरमाथि विस्तृत अनुसन्धान थालिएको छ ।
सम्बन्धित खबर
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
यी स्थानमा बदली, वर्षा र हिमपातको सम्भावना
होलीको दिन कर्णाली नदीमा हामफालेर बेपत्ता भएका युवाको शव फेला
बागमतीमा जम्कट्टेलको सरकार जोगियो, गठबन्धनमा हाम्रो नेपाली पार्टीको ‘इन्ट्री’
राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालको राजीनामा
झापामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान् घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग